सञ्चार क्षेत्रका लागि उपलब्ध सुविधा नेवाः सञ्चारकर्मीको पनि अधिकार

      फागुन२५,काठमाडौँ ।

नेवाःपत्रकारिता क्षेत्रमा नयाँ मासिक पत्रिका नेवाःजः प्रकासनमा आएको छ ।
नेवाःपत्रकार राष्ट्रिय दबू, काठमाडौँले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेवाः जः मासिकको विमोचन गरेको हो । प्रदेश नंं ३ काठमाडौँ जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित नेवाः सभासद्् तथा वरिष्ठ पत्रकारहरुले संयुक्तरुपमा नेवाःजः मासिक सानुकाजी विशेषाङ्कको विमोचन गर्नुभयो । गत वर्ष दिवंगत हुनुभएका सानुकाजी महर्जन नेवाः पत्रकार राष्ट्रिय दबूका कोषाध्यक्ष हुनुहुन्थ्यो ।
कार्यक्रमा प्रतिनिधि सभा सदस्य वृmष्णगोपाल श्रेष्ठले राज्यबाट सञ्चार क्षेत्रलाई उपलब्ध गराइने सुविधा नेवाः सञ्चारकर्मीको पनि अधिकार हो, भन्नुभयो । नेवाः सञ्चारकर्मीले पनि सरकारबाट उपलब्ध स्वास्थ्यलगायत अन्य सुविधा आप््mनो अधिकार हो भन्नु बुझ््नुपर्छ । ‘विषेशगरी, नेपाल भाषाका पत्रकारहरुलाई स्वास्थ्यसम्बन्धी समस्या पर्दा सरकारबाट उपलब्ध सुविधा प्राप्त गर्नेतर्फ ध्यान दिएको पाइँदैन । उक्त सुविधा नेवाःपत्रकारहरुको पनि अधिकार हो’ सभासद्् श्रेष्ठको भनाई छ ।

 
वरिष्ठ पत्रकार पुष्कर माथेमाले नेपाल भाषामा पत्रिका प्रकाशन भए पनि त्यसको निरन्तरतामा समस्या हुने गरेको सन्दर्भप्रति ध्यानाकर्षण गराउनुभयो । अब नेवाः राष्ट्रिय पत्रकार दबूजस्तो संस्थाले अब बजारमा रहेको नेपाल भाषाका पत्रिकालाई निरन्तर गराउनुका साथै बन्द भइसकेका पत्रिकालाई पनि पुनः निरन्तर गराउने वतावरण बनाउनुपर्छ, भन्नुभयो ।
नेवाः राष्ट्रिय पत्रकार दबूका अध्यक्ष श्रीवृmष्ण महर्जनले नेवाःपत्रकारहरुको हकहितका लागि गठन भएको संस्थाले मासिक पत्रिका प्रकासन गरेकोमा खुशी व्यक्त गर्नुभयो । महर्जनले भन्नुभयो– सानुकाजी स्मृति अङ्क प्रकासन गरेर नेपाल भाषी पत्रकारलाई अमर बनाउने पत्रकार दबू, काठमाडौँको प्रयास सराहनीय छ ।
नेवाः जःका सम्पादक तथा पत्रकार दबू, काठमाडौँका उपाध्यक्ष विराजकाजी राजोपाध्यायले सञ्चार क्षेत्रलाई राज्यको चौथो अङ््गको रुपमा लिइने भए पनि अब देश संघीयतामा प्रवेश गरिसकेको स्थितिमा प्रदेश नं ३ मा नेवाः सञ्चार क्षेत्रको स्थान र औचित्यको विषयमा नेवाः सभासद््हरुले पनि विचार पुर््याउनुपर्ने धारणा राख्नुभयो । नेवाः सञ्चार क्षेत्रका साथै नेवाः सञ्चारसम्बद्ध अन्य संस्था तथा नेवाः सञ्चार गृहलाई सहयोगका लागि पहल गर्नुपर्ने भनाई पनि उपाध्यक्ष राजोपाध्यायले राख्नुभयो ।
यसैगरी,पत्रकार दबू, काठमाडौँका सचिव प्रजित शाक्यले दिवंगत पत्रकार महर्जको स्मरण गर्दै नेवाः सञ्चारकर्मीको सहायताका लागि सानकाजी कल्याण कोष गठन गरिएको जानकारी दिनुभयो । उहाँले सो कोषमा सहयोग गर्न आह्वान पनि गर्नुभएको छ । सोही अवसरमा सानकाुजी स्मृति नेवाः मिडिया कप फुट््सल प्रतियोगिताको आयोजना गर्ने घोषणा पनि सचिव शाक्यले गर्नुभयो ।
पत्रकार दबू, काठमाडौँका अध्यक्ष नातिकाजी महर्जनले ठूला सञ्चार गृहमा नेवाः लगायत अन्य जनजातिको गतिविधिका समाचार प्रकाशनमा कञ्जुस्याईँ हुने गरेको र यसबारेमा ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।

फोटो – बुद्ध शरण शाही

Loading...