२४ घन्टामा ९९११ नमूना परिक्षण हुँदा १४७४ नयाँ संक्रमित भेटिए

काठमाडौं, १५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा पछिल्लो २४ घन्टामा ९९११ जनामा गरिएको परीक्षणमा १४७४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६१५, ललितपुरमा १२५, मोरङमा ८२, भक्तपुरमा ६९, सुनसरीमा ५०, झापा र दाङमा ४९र४९, चितवनमा ३७, रुपन्देहीमा ३६, सिन्धुपाल्चोक र कास्कीमा २९र२९, ताप्लेजुङ, मकवानपुर र सुर्खेतमा २४र२४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गोरखामा १६, धनुषामा १४, सप्तरी, नवलपरासी पूर्व र स्याङ्जामा १२र१२, उदयपुर, धादिङ, सिन्धुपाल्चोक र म्याग्दीमा १०र१०, बाँकेमा ८, सिराहा र पाल्पामा ७र७, नुवाकोटमा ६ र इलाम, नवलपरासी, दैलेख, सल्यान र बाजुरामा ५र५ जना संक्रमित भेटिएका छन् ।

धनकुटा, संखुवासभा, सोलुखुम्बु, सर्लाही, रामेछाप, कपिलवस्तु, प्युठान, जाजरकोट र अछाममा ४र४, बारा, रौतहट, लमजुङ, गुल्मी र जुम्लामा ३र३, पाँचथर, दोलखा, तनहुँ, अर्घाखाँची र डडेल्धुरामा २र२ र तेह्रथुम, भोजपुर, महोत्तरी, सिन्धुली, पर्वत, मुस्ताङ, बागलुङ, बर्दिया, रोल्पा, रुकुम पश्चिम, कञ्चनपुर र डोटीमा १र१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९३१ रहेको जानकारी दिएको छ । साथै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको पनि जानकारी दिएको छ । हाल मुलुकभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन् ।

Loading...