हुम्लामा चार अलपत्र बालबालिकाको उद्दार गरी अविभावकहरूको जिम्मा

हुम्ला । सहारा अन्तिराष्ट्यि बालगृह र केअर बालगृह काठमाण्डौंमा अलपत्र परेका हुम्लाका चार बालबालिकाहरूलाई हिमाली नवीन समाजको सहजीकरणमा उद्दार गरी जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहवरमा अविभावकहरूलाई जिम्मा लगाईको छ ।

लामो समयदेखि बालबालिको उद्दारको काममा लागेको हिमाली नवीन समाजले बालबालिको क्षेत्र विभिन्न प्रकारका काम गर्दै आएको छ । विशेषतः बालबालिकाको उद्दार र पुर्नःमिलनको काममा उदाहरणीय काम गरेको हुनाले हुम्लाका सयौं अलपत्र बालबालिकाहरूको उद्दार गर्ने काम गरेको छ ।

हुम्लाका चार सहित अन्य क्षेत्रका ७ जना बालबालिकाको पनि उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीले जानकारी दिएका छन् । कात्र्तिक ४ गते जिल्ला प्रशासन कार्यालय हुम्लाले स्थानीय जनप्रनिनिधिहरूको रोवहरमा सम्बन्धित अविभावकहरूलाई जिम्मा लगाइएको छ ।

हुम्लाबाट पटक पटक विभिन्न प्रकारका फर्जी कागज बनाएर बालबालिका लिने र दिने कारोवारलाई एक राम्रो आम्दानीको स्रोत भएकाले अविभावकहरू पनि एक पटक केही रकम दिएर लामो समयसम्म लगानी गर्नु नपर्ने लोभले यस्तो ब्यापार बढेको हुम्लाको बालबालिको क्षेत्रमा काम गर्नेहरूलो स्रोत उल्लेख नगर्ने शर्तका जानकारी दिएका छन् ।

हालै उद्दार गरिएका बालबालिका आमाबाबुहरूले प्रति बालबालिका ४० हजारन्दा धेरै कमिसन दिएको थाहएको  भछ । 

Loading...