सीमामा विवाद बढ्दै गर्दा भारतले टिकटक, वीच्याट, सेयरइटसहित ५९ चिनियाँ एपमा लगायो प्रतिबन्ध

काठमाडौं । सीमा क्षेत्रमा विवाद र झडपका घटना बढ्दै गर्दा भारतले ५९ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएकाे छ । जसमा चर्चित एप टिकटक, वीच्याट, सेयरइट समेत रहेका छन । त्यसैगरी यूसी ब्राउजर, बाइदु म्याप, हेलो, एमआई कम्युनिटी, युक्याम मेकअपजस्ता चर्चित एप पनि त्यसमा छन्।

भारतले ती एपहरुमाथि प्रतिबन्ध लगाउँदै चिनियाँ एपमाथि गम्भीर अाराेप पनि लगाएकाे छ । ती एपले ‘भारतको सार्वभौमसत्ता र एकताका लागि हानि पुर्याएकाे अाराेप भारतले लगाएकाे छ । टिकटिक भारतमा अत्यन्त लोकप्रिय एप हो। टिकटकका २ अर्ब प्रयोगकर्तामध्ये ६० करोड भारतमा छन्।

जुन १५ मा लद्दाखस्थित सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसयता भारत र चीनबीच तनाव बढेको छ। भारतमा चिनियाँ सामान बहिष्कार गर्नुपर्ने आवाज पनि उठ्दै आएको छ।

प्रतिबन्ध लगाएका एप यस्ता छन्

Loading...