सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुगः मेयर शाक्य

पौष १५, काठमाडौं ।  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो कार्येकाल संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि अहिले स्वर्णयुग भएको बताउनु भएको छ । आज वडा–३१ कार्यालयको भवन शिलान्यास गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । ‘ महानगरपालिकाको अग्रसरतामा मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग हो,’ ‘गुठियारहरुलाई सम्मान गर्ने काठमाडौँ महानगरले नीति नै बनाएको छ। यसै गरि काठमाडौँ महानगरले अमूर्त सम्पदाको संरक्षण गर्न सदियौँदेखि लागेका सम्पूर्ण गुरुहरुलाई सम्मान गर्दै आएको छ । कुमारी जात्रालाई निरन्तरता दिनका लागि हामीले पाँच करोडको अक्षयकोष स्थापना गरेका छौँ ।’


शाक्यले आज शिलान्यास गरेको वडा भवन एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी अघि बढ्न आग्रह गनुभयो । ‘हामीले निर्वाचनका बेला जन अपेक्षा अनुसार काम गर्छौ भनेका थियौँ । त्यहि अनुसार नै काठमाडौँ महानगरपालिका अघि बढेको छ ।
यसैबिच उहाँले काठमाडौँ महानगरपालिकाले सबै निर्णय सर्वसहमत ढंगले गर्दै आएको र कुनै पनि निर्णय विवादित नबनेको पनि खुलासा गर्नुभयो । 


शिलान्यास कार्यक्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रतिवद्धता अनुसार नै काम अघि बढाएको बताउनुभयो । प्रदेश सांसद गणेश दुलाल, वडाध्यक्ष नारायणप्रसाद भण्डारी, कांग्रस महासमिति सदस्य, सुरजचन्द्र लामिछानेलगायतले पनि पायक पर्ने ठाउँमा वडा भवन निर्माण हुन लागेको भन्दै खुशी व्यक्त गर्नुभयो । एक रोपनी ४ आना क्षेत्रफमा निर्माण हुने सो वडा भवनको इष्टिमेट रकम ६ करोड ७५ लाख ६२ हजार १ सय ६२ रुपैँया रहेको र कार्यादेश रकम भ्याट समेत ४ करोड ६७ लाख ४८ हजार ४५ रुपौयाँ रहेको छ । लिफ्टसहितको अपाङ्गमैत्री भवन साढे तीन तलाको रहने छ ।
म्हानगरपालिकाले दिएको जानकारी अनुसार वडा–९ र १८ को भवन उद्घाटन भै सेवा प्रवाह सुरु भैसकेको छ । वडा–३ को भबन निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ भने वडा–४ को भवन पुस मसान्त भित्र सम्पन्न हुने । वडा– १४ को गृह प्रवेश भैसकेको छ भने वडा–२६ को भबनबाट पनि सेवा सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार वडा–६ को ढलान कार्य सम्पन्न भएको छ । वडा–१२ को टेन्डर प्रक्रियामा रहेको छ । वडा–२२ को दुइ तल्ला ढलान भएको छ । वडा–२१ र २९ टेन्डर प्रक्रियामा रहेको छ । वडा–१६ टेन्डर प्रक्रियामा जान बाँकी छ । अन्य वडा भवनको पनि स्तरोन्नती गर्नेलगायतका प्रक्रिया अघि बढेका छन् ।

Loading...