विचार : गाँजामाथि किन प्रतिवन्ध ?

नेपाल एक उर्वरभुमि राष्ट्र हो । भौगोलिक बनावट अनुसार हावा पानी र माटो फरक भए सँगै भिन्न भिन्न किसिमका वस्तुहरु उत्पादन हुने गर्दछ । नेपालमा रहेको उर्वरभूमिलाई चिन्न सक्ने हो भने मुलुक यो समयमा आईपुग्दा सम्म गरिबीको रेखामुनी कमै मात्र नागरिक हुन्थे होला ।

तर बिडम्वनाको कुरो त यो छ की आफ्नो देशमा उत्पादन हुने सामग्रीलाई अरु मुलुकले लागुऔषधको रुपमा प्रतिबन्ध लगाउँदा सहमत जनाउँदै हस्ताक्षर गर्न पुग्छन् । नेपालमा धेरै प्रकारका बस्तुहरु उत्पादन हुने उर्वरभूमिहरु छन् । जसको उपयोग आज सम्म राम्रो सँग हुन सकेको छैन । नेपालको उच्च हिमाली क्षेत्रमा उत्पादन हुने गाँजा खेती ०३३ सालमा संयुक्त राष्ट्रसंघको लहडमा लागेर गाँजा खेतीमाथि प्रतिवन्ध लगाएको छ ।

संयुक्त राष्ट्रसंघले सन् १९६१ मा ‘द सिंगल कन्भेन्शन अन नाकोर्टिक ड्रग्स १९६१’ पारित गरे सँगै उक्त अभिसन्धिले गाँजालाई लागूऔषध मानिएको छ । त्यस पश्चात नेपालले उक्त अभिसन्धिमा हस्ताक्षर गरेर सन् १९७६ (२०३३) मा लागुऔषध नियन्त्रण सम्बन्धी कानून बनाएको थियो ।

०३३, पछि लागूऔषध नियन्त्रण नीति, २०६६ र लागूऔषध नियन्त्रण रणनीति, २०६८ पनि बनेर कार्यान्वयनमा छ । यि सबैले नेपालमा गाँजा खेतीलाई अवैध भनेको छ । यि कानून र नीति, राणनीतिअनुसार कसैले पनि गाँजा, चरेस र अफिम खेती कसैले लगाएको खण्डमा जरिवाना बेहोर्नुपर्ने हुन्छ । सरकारी निकायबाट अभियान नै चलाएर गाँजा खेती नष्ट गर्ने कार्य हुँदै आएपछि गाँजा उत्पादन क्षेत्रको उर्वरभ्ूमि खेर गैरहेको छ । गाँजा उत्पादन हुने क्षेत्रमा अरु खाद्यवस्तुको उत्पादन राम्रो हुदैँन ।

लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार गाँजा सेवन गर्नेलाई एक महिनासम्म कैद वा दुई हजारसम्म जरिवाना हुने प्रावधान छ । यदि सरकारले गाँजा उत्पादनमा फुकुवा र मन लाग्दी प्रयोग गर्नेलाई कडा सजाएको भागीदार बनाउने हो भने गाँजा उत्पादनबाट उत्पादनकर्ता र मुलुक दुबै आर्थिक अवस्थाबाट केहि कदम माथि उठ्न सकिन्छ । नेपालमा अवैध भनिएको गाँजालाई वैधखानाले चर्को मूल्य तिरेर विदेशबाट आयात गरिएको हामी बेला बेलामा सुन्ने गर्छौ । तर विदेशबाट गाँजा किन्नु भन्दा नेपालमै वैधानिक रुपमा उत्पादन गरेर औषधिको रुपमा प्रयोग गर्दा देशको अर्थतन्त्रमा थप सहयोग पुग्छ ।

‘विकशित मुलुकले वैधानिक ढंगबाट गाँजालाई प्रयोग र वेचविखन गरि आम्दानी गरिरहेका अवस्था छ । जसकारण पनि नेपालले अब वैधानिक ढंगले गाँजा फुकुवा गर्न आवश्यक छ । हाल विश्वका विकसित मुलुकहरुमा पर्ने क्यानडा, अष्ट्रेलियालगायत देशले औषधि उत्पादनका लागि गाँजा खेतीको अनुमति लिइसकेका छन्। भने छिमेकी राष्ट्र भारतमा पतञ्जलि आयुर्वेदले गाँजाबाट औषधि बनाउन थालिसकेको छ ।

यति सम्मको जानकारी नेपाललाई थाहा हुँदा पनि गाँजा उत्पादनको विषयमा मौन रहन्छ भने कृषि र जडीबुटी प्रशोधनमा मुलुक अघि बढ्न सक्दैन । गाँजाको मिश्रणबाट अथाह औषधी बनाउन सकिन्छ जसकारण हामीले गाँजा विदेशी बजारमा पनि बेच्न सक्छौँ । जस्ले विदेशी मुद्रा आर्जन गर्न, किसानको आम्दानी बृद्धि सहयोग गर्छ । अहिले सम्म नेपालले प्राय देशहरुसँग व्यापार घाटा व्यहोर्दै आईरहेको छ ।

कृषिमा प्रविधि र जडीबुटी उत्पादनमा सरकारले नजर लगाउने हो भने व्यापार घाटामा कहीहत सम्म कम गर्न सकिन्छ । अहिले गाँजाको विषयले प्रतिनिधिबैठकमा समेत ठाउँ पाएको छ । केही सांसदहरुले गाँजा उत्पादनमा खुला गर्नुपर्ने आवाज उठाएका छन् ।
देश र नागरिक दुबैको हितमा प्रचलित कानूनले प्रतिबन्धित लागूऔषधको सूचीमा राखेको गाँजा खेतीलाई प्रोत्साहन साथ फुकुवा गर्न आवश्यक देखिन्छ ।

Loading...