ललितपुर नगरपालिकाको आर्थिक अनुदानमा साँस्कृतिक बाजा प्रशिक्षण मंकाः छेँ भबनको निर्माण सम्पन्न

 

माघ २५ ,ललितपुर । कलानगरीको रुपमा चिनिने लितपुर पाटनमा मल्लकालीन शैलीमा मंकाः छेँ भवन पुनःनिर्माण सम्पन्न गरिएको छ । 

 

ललितपुर महानगर पालिका १६ वडा स्थित काय्गुननिमा महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बिहिबार सो भबनको उत्घाटन गर्दै मंका छेँको पुनःनिर्माणले काय्गुननि टोलको आकर्षण बढाएको धारणा राख्नुभयो ।

सो अवसरमा १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्यले मंका छेँको पुनःनिर्माणबाट भाषा, संस्कृति र कलाको संरक्षणमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 


करिब ७० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न उक्त भबन डेढ वर्ष भित्रमा पुनःनिर्माण भएको हो । साढे दुई तल्लाको उक्त भवन दाँची इँटा र मल्लकालीन वास्तुशैलीमा बनाइएको छ । कुल लागत मध्ये ललितपुर महानगरपालिकाबाट २८ लाख ५० हजार रुपैयाँ, १६ वडाबाट २५ लाख, ललितपुर क्षेत्र नं २ का संघीय सांसद् कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख रुपैयाँ प्रदान गरेको थियो । बाँकी रकम विभिन्न दाता, संघ संस्थाबाट जुटाइएको खलःका कोषाध्यक्ष हरिगोविन्द महर्जनले जानकारी दिनुभयो ।
रातो मच्छिन्द्रनाथसँग सम्बन्धित धिमे, बाँसुरीलगायत परम्परागत बाजाको प्रशिक्षण, नामसंगीति पाठ, दाफा भजन गर्ने, विभिन्न पुजाआजा र जात्रापर्व सञ्चालनका लागि मकां छेँको प्रयोग गर्ने गरिन्छ । भवनको पुन निर्माणले अमूर्त संस्कृति संरक्षणमा ठूलो टेवा पुगेको मंकाः खलका अध्यक्ष समतलाल महर्जनले उक्त कार्येक्रममा बताउनुभयो ।
सो मंका छेँको १९२ वर्ष अघि (नेपाल संवत् ९४८) मा निर्माण शुरु गरिएको थियो । त्यसको ६ वर्ष वर्षपछि निर्माण कार्य पुरा भएको त्यहाँ रहेको दुई वटा शिलापत्रमा उल्लेख गरिएको खलका सदस्य रविन महर्जनले जानकारी दिनुभयो ।


कार्येक्रममा १६ वडाका सदस्य एवं खलका सदस्य विजय महर्जनले अमूर्त संस्कृति संरक्षणलाई संघ, प्रदेश र स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने बताउँदै क्षतिग्रस्त सम्पदा, विहार र मंकाः छेँको पुनःनिर्माण कार्यलाई तत्काल अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा काय्गुननिको ईतिहास र परिचय समेटिएको स्मारिका विमोचन गरिएको थियो । 

Loading...