ललितपुर उद्योग वाणिज्य संघको अबको नेतृत्वको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी चुनावी मैदानमा

ललितपुर उद्योग वाणिज्य संघको अबको नेतृत्वको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी चुनावी मैदानमा उत्रिनुभएको छ । अनुभवी र योग्यलाई नेतृत्व चयन गरेमा संस्थागत क्षमता वृद्धि हुने जिकिर गर्दै जोशी शनिबार हुने निर्वाचनको लागि चुनावी मैदानमा उत्रिएको हो । शुक्रबार संघको ४१ औैं वार्षिक साधारण सभा हुँदैछ । त्यसको लगतै शनिबार निर्वाचन हुने छ । शनिबार हुने निर्वाचनमा जोशी प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् । जोशीले आफ्नो घोषणापत्रमा २०५३ सालमा कार्यसमिति सदस्यका रुपमा काम गर्नुभएका जोशीले काम गर्ने क्रममा कोषाध्यक्ष, महासचिवको जिम्मेवारी सम्हालिसक्नुभएको छ । आफ्नो अनुभव, कार्यसम्पादन नैै चुनावी परिणाम आफ्नो पोल्टामा पर्ने बलियो आधार रहेको जोशीको भनाई रहेको छ । ‘आम व्यवसायीहरुको पीर, मर्का मैले बुझेको छु । त्यसको समाधान गर्ने योजना र इच्छाशक्ति म मा छ । यसलाई आम व्यवसायीले मुल्याकंन गर्ने विश्वास लिएको छु । ’ जोशीले भन्नुभयो । जिल्लाको निजी क्षेत्रको एक र साझा संगठनको रुपमा संघलाई बलियो बनाईराख्न आपूmले उम्मेदवारी दिएको जोशीले बताउनुभयो । ‘जिल्लामा करिब ५० हजार व्यवसायीहरु छन् । सदस्यता लिनेको संख्या दुई हजारको हाराहारीमा मात्र छ । त्यसैले सदस्यता बढाउन पुरै खटिने छु ।’ जोशीले भन्नुभयो । आफ्नो व्यक्तित्व, योग्यता र काम गरेको आधारमा सदस्यहरुले आफूलाई नेतृत्वमा चुनिने जोशीको विश्वास रहेको छ । पछिल्लो पटक राज्यले गर्ने अनुगमन र नियमनको नाउँमा व्यवसायीहरु पीडित रहेको बताउँदै जोशीले आफू अध्यक्षमा निर्वाचित भएमा राज्यका निकाय र व्यवसायीहरुसंग मिलेर समाधान खोज्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । ५३ वर्ष लामो इतिहास भएको संस्थालाई हाँक्न, समयक्रमसंगै उत्पन्न चुनौैतीलाई चिरेर अघि बढ्न युवा व्यवसायीहरु आवश्यक पर्ने बताउँदै जोशीले आफ्नो प्यानलमा समावेशी, स्थान, युवावर्ग, महिला र विविध क्षेत्रका व्यवसायीहरुको प्रतिनिधित्व हिसाबले पनि महत्वपूर्ण रहेको धारणा राख्नुभयो । आफ्नो टिममा अनुभवी पुरा व्यवसायीहरुसंग नयाँ व्यवसायीहरुलाई पनि समावेशी गरिएको जोशीको भनाई रहेको छ । जोशीको प्यानलमा वरिष्ठ उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष उद्योगतर्फ अमिरराज ताम्रकार, उपाध्यक्ष वाणिज्यतर्फ उसन बज्राचार्य, महासचिवमा सन्देश महर्जन र कोषाध्यक्षमा सचेन्द्रराज जोशी रहनुभएको छ । त्यसैगरी उद्योगतर्फबाट कार्यसमिति सदस्यहरुको लागि आपुलाल अवाले, कृष्ण श्रेष्ठ , गुणकेशरी ताम्रकार, राजु महर्जन, सजना श्रेष्ठ सुनील शाक्य ‘ हान्ताई ’ले जोशीको प्यानलबाट उम्मेदवारी दिनुभएको छ । त्यसैगरी वाणिज्य तर्फ कार्यसमितिका सदस्यको लागि अनिल महर्जन, कृष्णप्रसाद सापकोटा, टेकरत्न बज्राचार्य, विमला शाक्य, रुपेन्द्रराज शाक्य, शम्भुप्रसाद बराही, सागर महर्जन र संस्थागत क्षेत्रबाट पूर्णबहादुर महर्जनले उम्मेदवारी दिनुभएको छ । योग्यता , क्षमता र क्रियाशीलताका हिसाबले चुनावी नतिजा आफ्नो पक्षमा पार्ने अत्यधिक सम्भावना रहेको जोशी प्यानलका पदाधिकारीहरु बताउँछन् ।

Loading...