राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुं भनि रकम ठगी गर्ने पक्राउ

 

काठमाडौँ।  राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल मित्रपार्क, चावहिल बस्ने वर्ष ६० को तुलसी थापालाई मंगलबार दरबारमार्गबाट पक्राउ गरेको हो।

आफुलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष प्रमाणित गर्न नक्कली बनाई निजले आफु अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई रु. १५ लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ। ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि निजलाई महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको छ। महाशाखाले निजबाट अन्य कोही ठगिएको भए , कार्यालयमा सम्पर्क राख्नको लागि समेत अनुरोध गरिएको छ ।

Loading...