रंगशालामा प्रहरीको लाठी चार्जबाट पत्रकार गम्भीर घाइते, कानबाट रगत बग्दै गरका पत्रकार अस्पतालमा

काठमाडाैं । सागको समापनको दिन, नेपाल र भुटानबीच हुने फुटबलको फाइनलको टिकट वितरण स्थलमा विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको छ।

प्रहरीको लाठी चार्जबाट एक पत्रकार घाइते भएका छन् । घाइते हुनेमा नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाईं रहेका छन् । प्रहरीको लाठी चार्जबाट उनी मात्र नभएर खेलको टिकट लिन पुगेका दर्शकहरू पनि घाइते भएका छन्।

प्रत्यदर्शीहरुक अनुसार खेलका दर्शकलाई लाठी चार्ज गरिरहेको फोटो खिच्ने क्रममा पत्रकार चापागाईंमाथि पनि प्रहरीले लाठीचार्ज गरेको हो ।

दर्शक र पत्रकारमाथी लाठी प्रहार गर्ने प्रहरी सिनियर अधिकृतहरुकै कमान्डमा खटिएका प्रहरीको टोली रहेको छ ।

प्रहरीको कुटाइबाट उनको कानबाट रगत बगेको छ। घाइते भएका चापागाईंको उपचार त्रिपुरेश्वरस्थित स्पाेर्टस् मेडिसिन एन्ड रिसर्च सेन्टरमा भइरहेको छ। उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा सार्ने बताइएकाे छ।

Loading...