म खाज्दै छु सरकार

कुसुम गुरुङ

ती निमुखा नेपालीहरुको गाँसहरुमा
हरेक उपेक्षित र उतपीडित नेपालीहरुको आसहरुमा
भत्किएका ती टहराका बासहरुमा
अनि हरेक नेपाली चेलीहरुको त्रासहरुमा
हो, म खोज्दैछु नेपाल सरकार ।
ति हरेक नेपाली मनको पिडा र पिरहरुमा
ति अनकन्टार पहिरोले पुरीएको भिरहरुमा
भेल बाढीले लथालिङ्ग खोला नदिका तिरहरुमा
अनि सुस्ता र कालापानीका शिरहरुमा
हो, म खेज्दैछु नेपाल सरकार ।

तर विडम्वना
म रेडियो खोल्छु र सुन्छु, पत्रिका नियाल्छु र पढ्छु
अनि टिभी खोल्छु र देख्छु, मैले खोजेको नेपाल सरकार त !
मार्सी धानको वास्नामा मग्न छ
३३ किलो सुन र वाईड वडिको भागवण्डामा अलमल्ल छ
देश खोक्रो पार्ने भ्रष्टाचारी र नरपिचाशहरु संग छ
अनि, हरेक नेपालीको टाउकोमा रु चालिसहजार ऋण थुपारेर दंग छ ।
म आफैसंग प्रतिप्रश्न गर्छु, के मैले खोजेको नेपाल सरकार यही हो त ?
मैले खोजेको नेपाल सरकार त !
हरेक नेपालीको गाँस बासमा हुनुपर्थ्यो ।
हरेक नेपालीको आश–आशमा हुनुपर्थ्यो ।
मरेको लाशमा होईन जिउदो नेपालीको सासमा हुनुपर्थ्यो ।
अनि,
हरेक नेपालीको विकास र समृद्धिको एहसासमा हुनुपर्थ्यो ।

तर, अझै म हार मान्दिन
म खोज्छु नेपाल सरकार जसले,
हरेक नेपालीको गाँस बास र कपासको जोहो गर्न सकोस ।
हरेक नेपालीको चिरिएको घाउमा मलम भर्न सकोस ।
नेपालको गाउँर वस्ति वस्तिमा विकास र समृद्धिको लहर ल्याउन सकोस
अनि हरेक नेपालीले घर–घरमा सिंहदरबार, सुखी नेपाली समृद्ध नेपाल
भनेको यही पो रहेछ भन्ने एहेसास गर्न सकोस ।।।

Loading...