मेलम्चीको खानेपानी फागुनमा काठमाडौं आइपुग्ने

 

 

 

 

 

 

काठमाडौँ। मेलम्चीको खानेपानी फागुनमा काठमाडौं ल्याउने तयारी भएको छ । मेलम्ची खानेपानी आयोजनाले परीक्षणका रुपमा आंशिक परिमाण फागुनको पहिलो साता पानी छोड्ने गरी तयारी थालिएको छ । सुरुङ मर्मतमा भैरहेको काम तीन हप्तामा सकेर फागुन पहिलो सातामा पानी प्रवेश गराई परीक्षणको काम शुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परिक्षण अघि विज्ञ समूहलाई निरिक्षण गराएको र उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम भइरहेको बताए ।

सुरुङ परीक्षण गर्दा यसअघिको जस्तो दुर्घटना हुन नदिन विदेशबाट ल्याएको विज्ञ समूहबाट सुरुङको निरीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले बताउनु भयो। निर्देशक खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परिक्षण अघि विज्ञ समूहलाई निरिक्षण गराएको र उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम भइरहेको बताए ।
मेलम्ची पुल बजारदेखि दोस्रो चरणको लार्के हुँदै याङ्ग्रीसम्म पुग्ने २५ किलोमिटर पहुँच मार्गको निर्माण कार्य भइरहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनीयर राजेन्द्रप्रसाद पन्तले बताए ।
कूल २५ किलोमिटर सडकमध्ये सडक विभागद्वारा १५ र १० किलोमिटर खानेपानी आयोजनाद्वारा निर्माण भइरहेको हो । गएको डिसेम्बरमा सकिनुपर्ने उक्त सडकको काम क्षतिपूर्तिमा कुरा नमिल्दा स्थानीयवासीले अवरोध गरेपछि तोकिएको समयभित्र काम पूरा हुन नसक्दा पछि धकेलिएको हो। कालोपत्रसहित दुई लेनको सडक निर्माणका लागि जग्गाधनीहरुलाई क्षतिपूर्ति रकम वितरण भइरहेको आयोजनाले जनाएको छ ।

Loading...