माधवनारायण स्वस्थानी व्रत, शालीनदी मेला व्रतको रुपमा मात्र सञ्चालन हुने

काठमाडौँ। काठमाडौँ बात उत्तर पुर्वमा पर्ने पुरानो एेतिहासिक बस्ती साँखुमा प्रत्यक बर्ष एकमहिना लामो माधवनारायण स्वस्थानी व्रत तथा माध कुम्भ मेला यस बर्ष विशेष परिस्थितिका कारण मेलाको रुपमा संचालन नहुने भएको छ। यहि माघ १५ बात प्रारम्भ हुने यस स्व्थानी माधव नाराएण व्रतमा मात्र सिमित हुने गरि मनाइने श्री माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले बिहिबार पत्रकार सम्मेलन गरि जानकारी दिएका छन्।

समितिले गएको बर्ष तिस लाख भक्तालू दर्सनर्थिले प्रतक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेको तथ्यांक भएता पनि यो बर्ष मेलाको रुपमा आयोजना नगर्ने भएको कारण व्रत बस्न इच्छुक महानुभावलाइ विगतमा जस्तो एक दिन अगाडी नाम लेखेर सहभागी गरौँ सकिने तर व्रतालुले अनिवार्यरुपमा माघ १३ गते समितिले तोकेको ठाउमा पिसिआर /एन्टीजेन परिक्षण गराउनु पर्ने र निमोनिया लक्षण भए नभएको एक्सरे रिपोट समेत साथमा हुन् अनिवार्य गरेको छ।

यसैगरि केहिस्थानमा बाटो असहज रहेकोमा द्रुत गतिमा अल्पकालीन रुपमा भएपनि सहज बाटो अवस्था मिलाइने शंखरापुर नगरपालिका प्रमुख सुबर्ण श्रेष्ठले बताउनुभयो । मेलाकालागी शान्ति सुरक्षा ,स्वाथ्य ,सहज सार्वजनिक यातायात ब्यबस्थापन तैयारी पुरा भएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । निकै कठिन मानिने स्वस्थानी ब्रतमा ब्रतालुका लागि बिषेस ब्यबस्था गर्दै पुजा सामग्रीहरुको सहज ,बस्नको लागि ,स्नान, सौचालयको भिन्नै ब्यबस्था , बिगतमा खाजा होटलहरु अस्थाई टहरा भने यस वर्ष नराखीने भएको छ। स्थाई रुपमा बनेका खाजा घर होटेलले ग्राहाक संग मनलाग्दी पैसा असुलेको गुनासोलाइ मध्ये नजर गर्दै मेला क्षेत्र भित्र रहेका होटल ,खाजा घरहरुमा मुल्य सुची समेत अनिवार्य गरि मेला अवधिभर अनुगमन गरिने समितिले बताएको छ ।

नालन्द, नारायणी वा नारी नदि भनिने शैल अर्थात् शालीनदी बोधिसत्वो महाराजको बासस्थान मनिचुड दह ( मणिशैल ) बात बगेर आएको छ ।

Loading...