महानगरको अनुदानमा प्रसूतिगृहले थाल्यो पीसीआर कोरोना परीक्षण

काठमाडौं । परोपकांर प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमाले सेवाग्राहीलाइ कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक पीसीआर परिक्षणको सेवा दिने भएको छ ।  उक्त अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ल्याबको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । 


काठमाडौँ महानगरपालिकाले गत साउन ४ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई पीसीआर मेसिनसहित कोभिड–१९ का लागि अत्यावश्यक केही स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । उक्त अस्पताललाई हस्तान्तरण गरिएको सो मेसिन काठमाडौँ महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले अनुदान स्वरुप दिएको थियो ।
सो कार्यक्रममा बोल्दै मन्त्री ढकालले प्रसूति सेवाका लागि विशिष्ठ योगदान दिदैँ आएको उक्त अस्पतालको स्तरोन्नतीका लागि सरकार थप सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली उपनिर्देशक श्रीप्रसाद अधिकारीले अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसर पारेर ल्याबको उद्घाटन गरेको भन्दै अब छिट्टै सेवा सुरु गर्ने जानकारी दिनुभयो ।अधिकारीले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले पीसीआर मेसिन सहयोग गरेर निकै ठूलो गुण लगाएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु र महानगर परिवारसँग हामी हर्षित छौँ । हामी यसको उचित सदुयोग गर्दै सेवा प्रदान गर्नेछौँ ।’ उहाँले यस अघिसम्म अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीको कोभिड परिक्षणका लागि अन्तै पठाउनु पर्ने बाध्यता रहेको भन्दै अब त्यो बाध्यता हट्ने बताउनुभयो ।

Loading...