भारतलाइ हराउदै सनिलले थपे ५० स्वर्ण

फोटो – बुद्ध शरण शाही 

काठमाडौं, मङ्सिर २४ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा ५० औं स्वर्ण जितेको छ । ६० किलो तौल समूहमा नेपाली मुक्के बाज सनिल शाहीले स्वर्ण जित्नुभएको हो । तेह्रौं सागमा बक्सिङ्ग विधातर्फ नेपालको यो तेस्रो स्वर्ण हो । उहाँले भारतीय खेलाडी बिरेन्द्र सिंहलाई पराजित गरी स्वर्ण जित्न सफल हुनुभयो ।

Loading...