प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा नेकपाका उपाध्यक्ष गौतम

पार्टी बिभाजन घटनालाइ तराजुमा हेर्दा दुवै पक्ष्यको गलती बराबर

काठमाडौँ । नेपाल कम्युनिष्टका उपाध्यक्ष वामदेव गौतम आफू प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा रहेको बताउनुभएको छ ।

बुधबार नेकपा एकता अभियानको घोषणा कार्येक्रममा ओली र प्रचण्ड–नेपाल समूहमा नेकपा विभाजित देखिए पनि गौतम पार्टी एकताकै पक्षमा आफू उभिएको बताउदै पार्टी एकता भइदिए हुने आफ्नो भित्रि धारणा रहेको बताउनु भयो।

y उहाले प्रचण्ड पक्ष्यका केहीलाई छोडेर अधिकांस एकताको पक्ष्यमा रहेको र केपी ओली बाहेक सबै एकताको पक्ष्यमा रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग नगरी राजीनामा दिएको भए उनको इज्जत बढ्ने उहाको भनाइ राख्नु भयो ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई  समुहमा विभाजित छ ।

Loading...