पुस्तक ‘खड्ग पायः जात्रा ’ को लोकार्पण ,

कार्तिक ३० ,ललितपुर । पाटन दरवार क्षेत्रकेन्द्रित सर्वप्राचिन लिक्षिविकालिन पाया:जात्रा सम्बन्धि पत्रकार प्रशान्त माली द्वारा लेखिएको पुस्तक ‘खड्ग पायः जात्रा ’ को लोकार्पण गरिएको छ ।

ललितपुरको मगंलबजार दरवार क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रमकाबीच ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जन, वाग्मती प्रदेशका सासंद् शोभा शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, र ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो । 

खड्ग पायः जात्राको विषयमा पुस्तक लेरुनुभएका पत्रकार मालीसहित पत्रकारहरु सुनिल महर्जन र राजेश बज्राचार्यलाई सम्मान पनि गरिएको थियो ।
लिच्छिविकालीन संस्कृति, धार्मिक र ऐतिहासिक महत्वको पायः जात्रा २३ वर्षदेखि रोकिएको थियो । सो जात्रा सम्बद्ध पक्षको सजगताको कारण पुनः विसं २०७५ सालदेखि प्रदर्शन गरिएको छ ।

समारोहमा ललितपुर क्षेत्र नं २ का सांसद् कृष्णलाल महर्जनले संस्कृति पर्व संरक्षणका लागि सबै एकजुट भएर अघि बढेको हुनाले बन्द भएको अमूर्त संस्कृति सञ्चालन सम्भव भएको बताउनुभयो ।
सो अवसरमा जात्रा सञ्चालन तथा पुस्तक प्रकाशन, विभिन्न गुठीका गुठीयार, बाजा खलः, जातीय समाजका प्रतिनिधि , उल्लेखीय भूमिका खेलेका व्यक्तित्वोहरुलाई सो अवसरमा सम्मानित् भएका थियो । 

Loading...