पुनःर्निर्माणको नाममा नयाँ आधुनिक टावर वनाएर धरहराको इतिहास मेट्न खोज्दै छ -उपमेयर खड्गी

काठमाडौँ। पुनःर्निर्माणको नाममा नयाँ आधुनिक टावर वनाएर धरहराको इतिहास मेट्न खोजेको काठमाडौँ महानगर पालिकाकि उप -मेयर हरि प्रभा श्रेष्ठ खड्गीले बताउनु भएको छ। पुनःर्निर्माणको नाममा धरहराको इतिहास मेट्ने षडयन्त्र भैरहेको भन्दै उपमेयर श्रेष्ठले असन्तुष्टि जनाएकी हुन्। राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणले निर्माणाधिन अवस्थामा रहेको धरहराको स्वरुम परिवर्तन हुंदै पुनःर्निर्माणको नाममा नयाँ स्वरुपमा नयाँ टावर बनिरहेको उपमेयर श्रेष्ठको ठहर रहेको छ।
ऐतिहासिक भीमसेन थापाले निर्माण गराएको धरहरा २०७२ महाभूकम्पवाट ध्वंस्त बनेपछि संगै नयाँ निर्माण भैरहेको पुरानो ऐतिहासिक धरहरा पुनःर्निर्माणको नाममा नयाँ टावरको स्वरुप देखिन थालेको हो।२२ तलामा बन्ने धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँको हुने भएको छ। न्डरग्राउण्ड सहितको डबल बेसमेन्टमा ४ सय वटा सानो गाडी र ७ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने गरि काम भइरहेको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७७ असोज २० गते (२०२० अक्टोबर ६ तारिख)भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो।

Loading...