नेपालका सन्तोष साह पुगे बीबीसी मास्टर सेफको अन्तिम चारमा

काठमाडौँ । नेपालका सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को शीर्ष चारमा पुग्न सफल भएका छन् ।

नेपाली सेफ साह मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनमा प्रशारित फाइनल चरणको पहिलो समूहबाट शीर्ष चारमा पुग्न सफल भएका हुन् ।

उनले यो चरणमा डिजर्टको रुपमा कोदोको खिर बनाएका हुन् । यस्तै उनले आँपको कुल्फी र आँपको ‘अमौरा’ पनि बनाएर निर्णयकलाई पस्किएका हुन् । उनले हरेक चरणमा नेपाली परिकार बनाउँदै आएका छन् ।

Loading...