नेकपामा भागवण्डा नमिल्नु र आन्तरिक विवादको कारण ५ बर्षदेखि संबैधानिक अंगका पदहरू रिक्त : अध्यक्ष थापा

 

मङ्सिर २९ ,काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेकपामा भागवण्डा नमिलेको र आन्तरिक विवादको कारण ५ बर्षदेखि संबैधानिक अंगका कतिपय पदहरू रिक्त रहेको आरोप लगाएका छन्। आईतबार बोलाईएको संबैधानिक बैठक नबसेपछि सामाजिक सञ्जाल ट्वीट माफर्त प्रमुख प्रतिपक्ष दल भागवण्डा र झगडामा व्यस्त रहनु दूर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन् ।
आईतबार संबैधानीक आयोगको बैठक डाकीए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाले सोमबार हुने देशव्यापी आन्दोनलमा आँफु ब्यस्त हुने भन्दै उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगीत भएको थियो ।

अर्काे तर्फ आँफुहरुको अन्दोलन घोषणा गरेकै बेला बैठक बोलाउनु लाई कांग्रेसले सरकारको नियतप्रति आसंका समेत गरेको थियो ।

उनको ट्वीटः भागवण्डा नमिलेको र नेकपाको आन्तरिक विवादको कारण संबैधानिक परिषदको बैठक पटकपटक बस्न नसक्नुले वर्तमान व्यवस्थाको कमजोरीलाई थप उदाङ्गो पारेको छ । ५ बर्षदेखि कतिपय संबैधानिक अंगका पदहरू रिक्त छन् । तर, सत्तारुढ र प्रमुख प्रतिपक्ष दल भागवण्डा र झगडामा व्यस्त रहन दूर्भाग्यपूर्ण छ ।

 

Loading...