नेकपाको देशभर शक्ति प्रदर्शन (तस्बिरहरु)

काठमाडौं, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले काठमाडौंमा सडक प्रदर्शन गरेको छ ।

संसद विघटनका विरुद्ध आन्दोलनको घोषणा गरेको दाहाल नेपाल समूहले आज पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा सहभागी भएका थिए ।

काठमाडौंको टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्साल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस लगायतका स्थानबाट निस्किएको जुलुस शहर परिक्रमा गरी भृकुटीमण्डपमा सभामा परिणत भएको थियो । भृकुटीमण्डपमा सडक नै कब्जा गरेर मञ्च बनाइएको थियो ।

केन्द्रीय नेताहरुले नै सबै क्षेत्रको जुलुसको नेतृत्व गरेका थिए ।

फोटो – बुद्ध शरण शाही  

 

 

 

 

 

 

 

 

 

 

 

Loading...