देशभर २४४० जना संक्रमित थपिदा उपत्यकामा १५३१ जना

काठमाडौं, १९ असोज । कोरोना भाइरसका संक्रमित थप हुने क्रमममा सोमवार थप २४४० जनामा संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा १३७८१ नमूना परीक्षण गर्दा ९३७ महिला र १५०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पनि काठमाडौं उपत्यकाका सबैभन्दा बढी संक्रमित फेला परेको जनाएको छ । सोमवार उपत्यकामा १५३१ संक्रमित थपिएका छन् । त्यसमध्ये पनि काठमाडौंमा सबैभन्दा बढी ११७८ संक्रमित छन् । त्यसैगरी ललितपुरमा २५० र भक्तपुरका १०३ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी मन्त्रालयले सुनसरीमा १२२ जना, चितवनमा १०३, रौतहटमा ८४, नवलपुरमा ६६, रुपन्देहीमा ५८, मोरङमा ५५, काभ्रे र कास्कीमा ३६–३६ जना, कैलालीमा ३३, सुर्खेतमा ३०, बाँकेमा २२, बाग्लुङमा १८, गोरखा र गुल्मी १७–१७ जना, मकवानपुरमा १५, अर्घाखाँचीमा १३, धादिङ र रामेछापमा १२–१२ जना, नुवाकोट र तनहुँमा १०–१० जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै सर्लाहीका ९ जना, झापा, पर्सा, बारा, कपिलवस्तु र बर्दियाका ८–८ जना, सिराहा, दाङ, पाल्पा र कञ्चनपुरका ६र६ जना, उदयपुर, सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी र प्युठानका ५–५ जना, स्याङ्जाका ४, ओखलढुंगा, खोटाङ, पर्वत र दैलेखका ३–३ जना, महोत्तरी, सिन्धुली, लजमुङ, डडेलधुरा, डोटी, दार्चुला र बैतडीका २र२ जना तथा इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, धनुषा, दोलखा, कालीकोट, रुकुम पश्चिम, सल्यान, अछाम, बझाङ र बाजुराका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Loading...