जम्मु–कश्मीरको गोली हानाहानमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

काठमाडौं, १३ मंसिर । भारतीय सेनामा कार्यरत एक नेपालीको जम्मु–कश्मीर भएको गोली हानाहानमा मृत्यु भएको छ । पाकिस्तानतर्फबाट चलेको गोली लागेर नायक प्रेमबहादुर खत्री र राइफल्यान सुखवीर सिंहको शुक्रबार मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा मृत्यु भएका खत्री दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निवासी हुन् । १३ वर्षदेखि भारतीय सेनामा कार्यरत खत्रीका श्रीमती, सात वर्षीय छोरी र पाँच वर्षीय छोरा छन् ।

गत असारमा जम्मु–कश्मीरमै भारतीय सेनामा कार्यरत नेपालीहरू सम्बुर गुरुङ र दीपक कार्कीको तथा २०७६ कात्तिकमा गामिलकुमार श्रेष्ठको ज्यान गएको थियो ।

Loading...