घर पुर्‍याई दिन्छु भनी मोटरसाइकलमा राखी अपहरण तथा शरीर बन्धक, डकैत गरि फरार रहेका अभियुक्त पक्राउ

काठमाडौँ। महानगरीय अपराध महाशाखाले घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी अपहरण तथा शरीर बन्धक गरेका फरार अभियुक्तलाइ पक्राउ गरेको छ।
नाम परिवर्तन गरिएको नाम A लाइ चौतारा घर पुर्‍याई दिने भनी मोटरसाइकलमा राखी लिएर गएकोमा घर तर्फ नलगी अपहरण तथा शरीर बन्धक गरी सिन्धुपाल्चोक जुगल गा.पा.-४ स्थित मान्जे भन्ने ठाँउमा लगी सिन्धुपाल्चोक जुगल गा.पा.-४ गुन्टे गाउ का २४ वर्ष कैलाश भन्ने रोहन नेपाली र साथमा अन्य सँग मिलेर जबरजस्ती करणी गरी निजले लगाएको गरगहना समेत लुटपाट एवं डाँका समेत गरेको प्रहरीले गरेको अनुसन्धानले खुलेको छ। घटना पछि फरार रहदै आएका नेपाली लाइ काठमाण्डौको कलंकीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाईएको महाशाखाले जनाएको छ । 

Loading...