कोरोना संक्रमणबाट नेपालमा एकै दिन २९ जनाको मृत्यु

काठमाडौं, २५ असोज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट २९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पतालहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ५, सुनसरी र रुपन्देहीका ४/४, चितवनका ३, भक्तपुर र बाँकेका २/२ जना तथा ललितपुर, काभ्रे सिन्धुपाल्चोक, नुवाकोट, सप्तरी,सुर्खेत, कैलाली र धनकुटाका एककक जनाको मृत्यु भएको हो ।

यस्तै चितवनको भरतपुरमा ठेगाना नखुलेको एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-६, काठमाडौंकी ६६ वर्षीया महिलाको शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । मिर्गौला र फोक्सोसम्बन्धी रोगबाट पीडित उनी त्यही दिन अस्पताल भर्ना भएकी थिइन् ।

चाबहिल, काठमाडौंका ७० वर्षीय पुरुषको शनिबार त्रिवि शिक्षण अस्पतालमा शुक्रबार मृत्यु भएको छ । मुटुसम्बन्धी रोग भएका उनलाई १८ असोजमा संक्रमण पुष्टि भएको थियो भने २२ गते अस्पताल भर्ना भएका थिए ।

नयाँ बजार, काठमाडौंका ७५ वर्षीय पुरुषको आइतबार सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको छ । २३ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वासमा समस्या भएर २४ गते अस्पताल भर्ना भएका थिए ।

भीमसेनथान, काठमाडौंका ८३ वर्षीय पुरुषको शनिबार पाटन अस्पतालमा मृत्यु भएको छ । ७ आसोजमा अस्पताल भर्ना भएका उनलाई ११ गते संक्रमण पुष्टि भएको थियो ।

असन, काठमाडौंका ६० वर्षीय पुरुषको शनिबार पाटन अस्पतालमा मृत्यु भएको छ । उनी श्वासप्रश्वासमा समस्या भएर ८ असोजमा अस्पताल भर्ना भएका थिए ।

धरान उपमहानगरपालिका-८, सुनसरीकी ६२ वर्षीया महिलाको शनिबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई २१ असोजमा संक्रमण पुष्टि भएको थियो भने भोलिपल्ट अस्पताल भर्ना भएकी थिइन् ।

दुहवी, सुनसरीका ६५ वर्षीय पुरुषको आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । उच्च रक्तचापको समस्या भएकी उनी निमोनिया भएर १४ असोजमा अस्पताल भर्ना भएकी थिइन् भने भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुहवी नगरपालिका-३, सुनसरीकी ४० वर्षीया महिलाको शनिबार राति नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । २० असोजमा अस्पताल भर्ना भएकी उनलाई २१ गते संक्रमण पुष्टि भएको थियो ।

हरिनगर-४, सुनसरीका ७१ वर्षीय पुरुषको शनिबार राति नै नोबेल मेडिकल कलेजमा मृत्यु भएको छ । उनी श्वासप्रश्वासमा समस्या भएर २१ असोजमा अस्पताल भर्ना भएका थिए ।

बुटवल-११, रुपन्देहीका ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । बुटवलमा आईसीयू बेड नभएर दाङको बेलझुण्डी रिफर गरिएका उनको बाटैमा मृत्यु भएको हो । उनी मुटुका दीर्घरोगी थिए ।

बुटवल-११, रुपन्देहीका ६१ वर्षीया महिलाको आइतबार कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको छ । उनी श्वासप्रश्वासमा समस्या भएर असोज २१ गते आईसीयूमा भर्ना भएकी थिइन् ।

बुटवल-१, रुपन्देहीका ७० वर्षीय पुरुषको शनिबार राति कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । २२ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया र श्वासप्रश्वासमा समस्या भएर शनिबार अस्पताल भर्ना भएका थिए ।

तिलोत्तमा नगरपालिका-३, रुपन्देहीका ६६ वर्षीय महिलाको शनिबार कोरोना अस्पताल, बेलुझण्डीमा मृत्यु भएको छ । बुटवलमा आईसीयू बेड अभाव भएपछि उनलाई शुक्रबार राति बेलझुण्डी लगिएको थियो । उनी उच्च रक्तचाप र मधुमेहको दीर्घ रोगी थिइन् ।

चितवनका ९८ वर्षीय पुरुषको मेडीसिटी अस्पतालमा आइतबार मृत्यु भएको छ । मधुमेहको समस्या भएका उनी १८ असोजमा अस्पताल भर्ना भएका थिए ।

भरतपुर महानगरपालिका-१, चितवनकी ७५ वर्षीया महिलाको आइतबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । दम र उच्च रक्तचापको समस्या भएकी उनी निमोनिया भएर असोज २२ गते अस्पताल भर्ना भएकी थिइन् भने २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

भरतपुर महानगरपालिका-२०, चितवनका ६९ वर्षीय पुरुषको आइतबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । मधुमेह, उच्च रक्तचापको समस्या भएका उनलाई १६ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । तीन दिन पुष्पाञ्जली अस्पताल बसेर घर गएका उनी उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या लिएर २३ गते भरतपुर अस्पताल भर्ना भएका गिए ।

भक्तपुरका ५७ वर्षीय पुरुषको शनिबार सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको छ । मधुमेहले ग्रसित उनलाई २२ गते कोरोना पुष्टि भएको थियो र त्यही दिन अस्पताल भर्ना भएका थिए ।

भक्तपुरका ४४ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । २२ असोजमा अस्पतालमा भर्ना भएका उनलाई २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुटुको समस्या थियो ।

नेपालगञ्ज उपमहानगरपालिका-१०, बाँकेका ८४ वर्षीय पुरुषको शनिबार राति भेरी अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि स्वाब दिएका उनी संक्रमण पुष्टि भएपछि ७ असोजमा अस्पतताल भर्ना भएका थिए ।

कोहलपुर नगरपालिका-८, बाँकेकी ७१ वर्षीया महिलाको शनिबार भेरी अस्पतालमा मृत्यु भएको छ । उनी कोरोना संक्रमण पुष्टि भएपछि १४ असोजमा अस्पताल भर्ना भएकी थिइन् ।

ललितपुरका ४९ वर्षीय पुरुषको शुक्रबार मेडीसिटी अस्पतालमा मृत्यु भएको छ । हृलयघात भइएर ११ असोजमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

धुलिखेल-११, काभ्रेका ५२ वर्षीय पुरुषको शनिबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको छ । अस्पतालमा १० दिनदेखि उपचाररत उनलाई जन्डिस समेत भएको थियो ।

सिन्धुपाल्चोकका ६३ वर्षीय पुरुषको मेडीसिटी अस्पतालमा शुक्रबार मृत्यु भएको छ । १५ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी २० गते अस्पताल भर्ना भएका थिए । उनमा मिर्गौलासम्बन्धी रोग थियो ।

नुवाकोटका ७७ वर्षीय पुरुषको शनिबार वीर अस्पतालमा मृत्यु भएको छ । ६ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी ७ गते अस्पताल भर्ना भएका थिए ।

डाक्नेश्वरी नगरपालिका, सप्तरीका ६५ वर्षीया महिलाको आइतबार मृत्यु भएको छ । २० असोजमा संक्रमण पुष्टि भएपछि होम आइसोलेनमा बसेकी उनलाई आइतबार बिहान श्वासप्रश्वासमा समस्या भएपछि छिन्नमस्ता अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याइएको केहीबेरमै उनको मृत्यु भएको छ । उनी उच्च रक्तचाप र मधुमेह रोगबाट समेत पीडित थिइन् ।

वीरेन्द्रनगर नगरपालिका-१०, सुर्खेतकी ६५ वर्षीया महिलाको आइतबार प्रदेश अस्पतालमा मृत्यु भएको छ । दम र अल्सरबाट पीडित उनी कोरोना संक्रमण पुष्टि भएपछि २१ असोजमा अस्पताल भर्ना भएकी थिइन् ।

धनगढी उपमहानगरपालिका-३, कैलालीका ५२ वर्षीय पुरुषको शनिबार राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । उनी २० असोजमा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।

धनकुटाकी ६१ वर्षीया महिलाको आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । मधुमेह र उच्च रक्ततापको समस्या भएकी उनी धनकुटा अस्पतालबाट रिफर भएर १६ असोजमा धरानमा भर्ना भएकी थिइन् भने २० गते संक्रमण पुष्टि भएको थियो ।

चितवनको भरतपुर अस्पतालमा उपचाररत ४० वर्षीया बेवारिसे महिलाको मृत्यु भएको छ । असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको देखिएपछि उनलाई अस्पताल ल्याइएको थियो भने १९ गते संक्रमण पुष्टि भएको थियो ।

Loading...