कोभिड १९को परिस्थितिलाई सामना गर्दै रक्तदानमा स्वयंसेवी भूमिका खेल्ने सम्मानित

पुस २६ ,काठमाडौँ। नेपाल स्वयंसेवी रक्तदाता समाजले कोभिड १९को परिस्थितिलाई सामना गर्दै देशभर स्वयंसेवी तवरले रक्त व्यवस्थापनमा अहम् भूमिका खेल्न सहयोग गर्ने विभिन्न व्यक्तित्वलाइ सम्मान गरेको छ।

समाजले सनिबार एक कार्यक्रम बीच किर्तिपुर स्थित मञ्जुश्री पार्कमा रक्तदान , परिचयात्मक तथा बनभोज कार्येक्रम गरेको हो। सो अवसरमा २८ जनाले रक्तदान गरेका छन। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले समाज आवद्द सहयोगी व्यक्तित्वहरुलाई आभार ब्यक्त गरे। नेपाल स्वयंसेवी रक्तदाता समाज १९,२०,२३ र २४ वडा नगर समितिद्वारा संयुक्तरूपमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा मनिता राजकर्णिकार र किर्तिपुर महानगरीय प्रहरी बृत प्रमुख रुकेश तण्डुकारका साथै बागमती प्रदेश सभासद् राजेश शाक्य बिशेष अतिथि रहेको थियो । 


समाजको देशै भरि गरि २८ शाखा र काठमाडौँ महानगर पालिका भित्र ४ र महालक्ष्मी नगरपालिकामा १ वटा शाखा रहेको छ। स्वास्थ्य उपचारको क्रममा सरल ,सुलभ रगत उपलव्ध गराउने र गरिव दिन दुख्खीलाइ निशुल्क रक्त सेवा प्रधान गर्ने मुख्य उदेश्य रहेको समाजले जनाएको छ।

Loading...