उपत्यकाका ६ सहित थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७८४८ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको हालसम्मकै यो उच्च संख्या हो ।

मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले नयाँ संक्रमितसँगै कूल संख्या ७ हजार ८४८ पुगेको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् ।

Loading...