उपत्यकाका सबै स्थानीय तह १५ गतेसम्मका लागि बन्द हुने

काठमाडौं, ८ भदौ । काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरु भदौ १५ गतेसम्मका लागि बन्द हुने भएका छन् । उपत्यका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

राजधानीका तीन वटै जिल्लामा कोरोनाको महामारी फैलिँदै गएकाले यसअघि भदौ ९ गतेसम्म बन्द गर्ने निर्णय गरिएको थियो । उपत्यका नगरपालिका फोरमले भाइरस संक्रमणको क्रम अझै नरोकिएको भन्दै भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकामा स्थिति भयावह बन्दै गएकोले भिडभाड कम गर्न स्थानीय तहबाट दिने सेवा बन्द गर्नुपरेको बताए ।

Loading...