ईन्जाको दोस्रो अन्तराष्ट्रिय मिडिया सम्मेलन सम्पन्न

संचारक्षेत्र धरासयी भएको ठहर

कोभिड १९ का कारण सञ्चार क्षेत्र थिलथिलो भएको तथा करिब ३० अर्ब रुपैयाँको नेपाली मिडिया उद्योग धराशायी बन्न पुगेको बताईएको छ ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा)को ग्लोबल वेबमिनारमा कोरानाका कारण सञ्चार क्षेत्रमा परेको असरमा बारेका व्यापक छलफल गरिएको हो। दास्रो ईन्जा ग्लोबल मिडिया कन्फेरेन्सको भर्चुअल उद्घाटन गर्दै नेपाल सरकारका सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले नेपाली पत्रकारहरु जिम्मेवार हुनु पर्ने बताउनुभयो। पत्रकारिता क्षेत्र गरिमा बढाउन र सञ्चार क्षेत्रमा क्रान्ति ल्याउन सक्नु पर्ने भन्दै पत्रकारिताको वर्तमान अवस्थाको बारेमा गम्भीर समीक्षा गर्ने बेला आएको बताउनुभयो।

परम्परागत सोच र दृष्टिकोणबाट पत्रकारिता क्षेत्र रूपान्तरित हुनुपर्नेमा जोड दिँदै मन्त्रीले अगाडी भन्नुभयो, ‘सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिता क्षेत्रको दायित्व हो। आग्रह र पूर्वाग्रबाट नभई ‘मिसन’ पत्रकारिताका लागि रूपान्तरित सोच बनाउनुपर्छ ।’ विश्वमा छरिएर रहेका नेपाली पत्रकारलाई एकीकृत गर्दै सङ्कटमा परेका पत्रकारको हकहित र व्यावसायिक लागि इन्जाले पुर्याउँदै योगदानका मन्त्री गुरुङले प्रशंसा समेत गर्नुभयो।

पत्रकारलाई वर्तमान अवस्थामा स्वास्थ्य र पेशा दुबैको सुरक्षा नभएको तथा २० प्रतिशत सञ्चारकर्मीले रोजगारी गुमाएका छन् । आम्दानीको मुख्य स्रोत विज्ञापनमा ८० प्रतिशत कटौती भएको छ । ३१ सय बढि पत्रकार बेरोजगार भएको प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष गोपाल बुढाथोकीले जानकारी दिनुभयो । ४ सयलाई कोरोनाको संक्रमण भएको छ । ५ जना पत्रकारको मृत्यु भएको छ । पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिक रुपमा गम्भीर असर पारेको र सञ्चार माध्यममा सामग्रीको उत्पादन घटेको देखिएको छ ।

कोभिडका कारण पत्रकारिकाको ९० प्रतिशत विज्ञापन घटेको छ । टेलिभिजनको ४०, रेडियोको ५० र अनलाइन ३० प्रतिशत विज्ञापन घटेको छ । जबकि कुल विज्ञापनको कोभिड भन्दा पहिले २.७५ अर्ब(४० प्रतिशत) विज्ञापन पत्रपत्रिकाले पाउने गरेका थिए । भने टेलिभिजनले २.५ अर्ब(३५ प्रतिशत), रेडियोले ७५ करोड (१०प्रतिशत)र अनलाइनले १ अर्ब (१५ प्रतिशत) विज्ञापन पाउँदै आएका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोभिडका कारण पत्रकारिताको अवस्था दयनीय बनेको बताए । ‘कोभिडका कारण धेरै रोजगारी गुमाएका छन्, बेतलबी बस्नु परेको छ,’ उनले भने । सञ्चार माध्यमलाई मात्रै नभएर पत्रकारलाई पनि राहत दिनुपर्ने उनले बताए ।

इन्जाका अन्तर्राष्ट्रिय अध्यक्ष गुणराज लुइँटेलले कोरानाको महामारीमा प्रभावित ७८ जना पत्रकारलाई फेलोसिप उपलब्ध गराएर सहयोग गरेको जानकारी दिए। अठ्यारोमा परेका पत्रकार सहयोग गर्न सधैँ इन्जा तयार रहेको प्रतिबद्धता पनि जनाए । लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि विश्वभर छरिएर रहेका नेपाली पत्रकारको एकजुट हुनेमा दुई मत रहेको उनले बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक राजेन्द्र अर्यालले कोभिडका कारण पेशागत र व्यवसायिक संकटमा रहँदै आएका पत्रकारमा स्वास्थ्यको जोखिम थपिएको बताए । उनले पत्रकारहरुले अहिलेसम्म न्यूनतम परिश्रमिक लागि पनि लड्नु दुख पक्ष रहेको बताए ।

पत्रकार महासंघमा १३ हजार ५ सय आबद्ध छन् । इन्जा एसियाका अध्यक्ष टंक पन्त, इन्जा अन्तर्राष्ट्रियका वरिष्ठ उपाध्यक्ष विष्णु शितल, सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डित लगायतले विश्वभर छरिरहेका नेपाल पत्रकार वर्तमान अवस्थाको बारेमा अवगत गराएयका थिए ।

यो ग्लोबल वेबमिनारमा विश्वभर छरिएर रहेका करिब ९० बढी पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका घमराज लुइँटेल र विष्णु शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रेस काउन्सिल नेपालका अनुसार नेपालमा ७८६९ पत्रपत्रिका दर्ता भएका ७४६ नियमिति सञ्चालन भइरहेका छन् भने ११२७ रेडियोमा ७ सय चलिरहेका छन् । २०२ टेलिभिजनमा १ सय सञ्चालनमा छन् । २२०० अनलाइनमा २०७७ सञ्चालनमा छन् । सञ्चारमध्याममा एक लाख जनशक्ति छन् । २५ हजार बढि पत्रकार छन् ।सो अवसरमा यस्तो तथ्यांकमा टिप्पणी समेत भएको थियो।

Loading...