अस्ट्रेलियाको समुद्री किनारमा फसेका ९० ह्वेल मरे

एजेन्सी । अस्ट्रेलियाको तास्मेनियाको तटमा फसेका २७० ह्वेलमध्ये एक तिहाइ मरेका छन्। अझै धेरै मर्न सक्ने उद्धारकर्ताले चिन्ता व्यक्त गरेका छन् ।

सोमबार ह्वेलहरुको समूह फसेको थाहा भएको थियो । समुद्री जीवविज्ञहरु ह्वेलहरु बचाउनका लागि प्रयास गरिरहेका छन् ।

ह्वेलहरु कसरी समुद्रको तटसम्म पुगे भन्ने खुलेको छैन । सो क्षेत्रमा ह्वेलहरु समुद्री किनारमा बस्ने सामान्य हो। तर यति ठूलो संख्यामा एकै ठाउँमा ह्वेलहरु किनारमा आएको सन् २००९ यताको पहिलो घटना हो ।

तीन समूहमा ह्वेलहरु पाइएको र त्यहाँसम्म पुग्न निकै कठिन रहेको उद्धारकर्मीले बताएका छन्।

अहिलेसम्म ९० वटा ह्वेल मरिसकेको र कठिन उद्धार प्रयास चाँडो सम्पन्न गर्न नसकिए अरु पनि मर्न सक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन्।

Loading...