लण्डनमा जिवा लामिछाने टुहुरा झै देखिए । एनआरएनकर्मीबाटै बहिस्कृत



लन्डन । जीवा लामिछाने गैर आवासीय नेपाली संघ एनआरएनएका पूर्व अध्यक्ष तथा संरक्षक हुन् । एनआरएन अभियानमा उनको नाम नसुन्ने कोही नहोलान । तर, लण्डनमा गतसाता उनको हविगत देखियो । आफैले लेखेको पुस्तकको सार्वजनिकीकरण कार्यक्रममा लण्डन पुगेका जिवाको कार्यक्रममा उनी एक्ला टुहुरा जस्ता देखिए । उनको कार्यक्रममा सहभागी भएका सहभागीहरुले जीवा टुहुरा भएको अर्थ लगाएका हुन्  

 

एनआरएनएमा पूर्व अध्यक्ष तथा त्यसका केही नेताहरुलाई विश्वभर यो अभियानमा लागेकाहरुले राम्रै सम्मान गर्छन । उनीहरु कुनै देशमा गए भने त्यो देशमा रहेका एनआरएन अभियन्ताहरु उनीहरुलाई भेट्न नचाहने कुरै हुँदैन । तर, लण्डनमा जीवाको स्थिति भने निकै नाजुक देखियो । जिवाले लण्डनमा पुगेपछि निम्ता गरेका कोही पनि एनआएनएका अभियन्ता उनको कार्यक्रममा आएनन् । एनआरएनएको राष्ट्रिय समितिमा रहेका कुनै पनि पदाधिकारी वा यो आन्दोलनको अगुवा भएर लण्डन भएकाहरु कोही पनि उनले बोलाएको कार्यक्रममा सहभागी नभएपछि उनी टुहुरा मात्र होइन बहिस्कृत भएको समेत चर्चा गरिएको छ । कार्यक्रममा गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष लगायतका कोही पनि प्रतिनिधि सहभागी नभएपछि जिवा पनि खिन्न देखिएको बताइएको छ । 

 

यो घटना एनआएनएमा निकै कम घटनामध्ये हो । आखिर यस्तो किन भयो ? भन्ने धेरैका चासो छ । केहीले जिवा एनआरएनएमा मन नपराइने पात्र रहेको चर्चा पनि गरे । केहीले उनीप्रति बेलायतको राष्ट्रिय कार्यसमिति मात्र असन्तुष्ट रहेको चर्चा गरे । केहीले जिवा एनआरएनएको हितमा भन्दा पनि व्यक्तिगत स्वार्थका लागि मात्र लागेका कारण यस्तो भएको चर्चा गरे । जिवाले विभिन्न देशमा आफ्ना विजनेस पार्टनरहरुलाई मात्र बोक्ने तर अरुलाई वास्ता नगर्न थालेपछि उनी विस्तारै यसरी बहिस्कृत हुँदै गएको केहीले बताए । 

 

बेलायत पुगेपछि उनले आफ्नो कार्यक्रममा सबैलाई निम्ता गरे पनि एनआएनएका कोही पनि नआएपछि बेलायतका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदी र बेलायत भ्रमणमा रहेका मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का सांसद जितेन्द्र नारायण देवलाई अतिथि बनाए । उनीहरुबाटै उनले आफ्नो कृति विमोचन पनि गराए । 

 

© Copyright Protected. All rights reserved with NonStopKhabar.com