संविधान संशोधन टेबुल गरेको विरोधमा अाज गुल्मी बन्द



सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा बुधवार गुल्मी बन्द गरिएको छ ।

 

सरकारले पाँच नम्बर प्रदेशलाई टुक्राउन लागेको विरोधमा संयुक्त आन्दोलन संघर्ष समितिले गरेको बन्दका कारण जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण गाडी चलेका छैनन् ।

 

बजार तथा कलकारखाना समेत ठप्प छ । आन्दोलनकर्ताले सरकारले टेबुल गरेको संशोधन प्रस्ताव राष्ट्रघाती रहेको आरोप लगाउँदै त्यसको विरुद्धमा संघर्षमा उत्रन सर्वसाधारणलाई आग्रह समेत गरेका छन् । 

© Copyright Protected. All rights reserved with NonStopKhabar.com