शिक्षाका ३ सहसचिवको सरुवा



शिक्षा मन्त्रालयले ३ सहसचिवको सरुवा गरेको छ । शुक्रवार मन्त्रालयले ३ सहसचिवको सरुवा गरेको हो ।


शिक्षा मन्त्रालयको शुक्रवारको निर्णय अनुसार सहसचिवद्वय सूर्यप्रसाद गौतम र डिल्लीप्रसाद रिमालको सरुवा गरिएको तथा मंत्रालयमै  रहेका तुलसी थपलियाको पनि महाशाखा परिबर्तन गरिएको मन्त्रालय श्रोतले बताएको छ । 

सूर्यप्रसाद गौतमलाइ राष्ट्रिय परीक्षा बोर्ड , सानोठिमीको सदस्य सचिवबाट शिक्षा मन्त्रालय तानिएको छ भने मन्त्रालयमा रहेका डिल्लीप्रसाद रिमाललाई राष्ट्रिय परीक्षा बोर्ड , सानोठिमीको सदस्य सचिवमा पठाइएको छ ।

बिहीबारमात्र उपलब्ध सहासचिवहरुलाइ मन्त्रालय डाकेर कार्यप्रगति समीक्षा गरेका शिक्षा मन्त्री धनीराम पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै शुक्रवार २ सहसचिवको सरुवा र १ को जिम्मेवारी हेरफेर गरेका हुन् ।

 
राष्ट्रिय परीक्षा बोर्ड , सानोठिमीको सदस्य सचिवमा आफैले पठाएका सहसचिव सूर्यप्रसाद गौतमलाई उनले मन्त्रालय तानेका छन् । गौतम परीक्षा बोर्डमा कर्मचारी बिबादमा फसेको र ३ साता बितिसक्दा पनि बोर्डमा लगाएकाे तालाबन्दी खोल्न पहल नगरेको कारण मन्त्रालय तानिएका बताईएको छ । गौतमले कर्मचारीमाथि  पक्षपातपूर्ण ब्यबहार गरेको आरोप लगाउदै लोकतान्त्रिक प्राध्यापक संघले बोर्डमा तालाबन्दी गरेको छ भने त्यसमा नेपाली कांग्रेस निकट कर्मचारी संघलेसमेत सक्रीय सहयोग गर्दै आइरहेको छ ।
 

परीक्षा बोर्डमा पठाइएका सहसचिव डिल्लीप्रसाद रिमाल शिक्षा मन्त्रालयमा अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थिए । कामका हिसाबले यस महाशाखालाई कमसल महाशाखा मानिन्छ । 

पूर्वमन्त्री चित्रलेखा यादवले शिक्षा बिभागको माहानिर्देशक बनाएका रिमाललाई तानेर तत्कालीन मन्त्री गिरिराजमणि पोखरेलले उनलाई मन्त्रालय ल्याएदेखि नै उनी असंतुष्ट बन्दै आएका थिए ।

आफुमाथि  राजनीतिक पूर्वाग्रह राखेर कमसल् महाशाखा दिएको भन्दै उनी गुनासो गरिरहन्थे । रिमालले  मन्त्रालयको योजना महाशाखा मागेका थिए । 

सूर्यप्रसाद गौतम माओबादी निकट सहसचिव मानिने हुदा उनलाई मन्त्रालय तानिएपनि राम्रो माहाशाखा दिईएको श्रोतले जनाएको छ । उनको कार्यशैलीमा समस्या रहेपनि क्षमतामा खोट लाउने ठाउ नभएको मन्त्री धनीरामको बुझाई रहेकोले उनले राम्रो माहाशाखा पाएका हुन् ।

शिक्षा मन्त्रालय तानिएपनि  उनी अनुगमन तथा मूल्यांकन शाखामा बस्नुपर्ने छैन । चित्रलेखा यादबको कार्यकालमा उनलाई यही महाशाखामा थन्क्याइएकोले पनि उनलाई राम्रो महाशाखा दिईएको छ ।

प्राविधिक शिक्षा तथा बिश्वबिद्यालय हेर्ने महाशाखाको प्रमुखको रुपमा गौतमलाई तोकिएको छ । यस महाशाखा प्रमुख तुलसी थपलियाले हल्का महाशाखा माँगेकोले पनि गौतमलाई यहाँ ल्याएर थपलियालाई अनुगमनमा लैजादा दुबैको चित्त बुझ्ने मन्त्रालयले ठहर गरेको हो ।
 
 
यो पनि पढ्नुहोस् 

© Copyright Protected. All rights reserved with NonStopKhabar.com