राताे नम्बर फाेनकाे धन्दामा, फाेन उठाए मरिन्छ भन्ने यी गायिका प्रहरी फन्दामा



काठमाडाैं, २० पुस । एनसेलकाे राताे नम्बरबाट अाएकाे फाेन उठाएमा मरिन्छ भन्ने हल्ला फिजाएर चाैतर्फी अातङ्क सिर्जना गर्ने पक्राउ परेका छन् । यस्ताे कल उठाउने धेरै ठाउँमा मान्छे मरेकाे भन्दै हल्ला फिजाएपछि सर्वसाधारणमा त्रास उत्पन्न भएकाे थियाे । बजारमा एकाएक यस्ताे हल्ला चल्न थालेपछि प्रहरी पनि निकै तनावमा थियाे । यसरी हल्ला फिजाउनेहरुकाे खाेजीमा नेपाल प्रहरीकाे केन्द्रीयअनुसन्धान ब्यूराे लागि परेकाे थियाे । केही दिनकाे अनुसन्धानपछि प्रहरीले यसरी हल्ला फिजाउनेहरु काे हुन् भन्ने पत्ता लगाएकाे छ । साथै याे हल्ला कसरी फिजाइएकाे हाे भन्ने कुरा पनि सबै सार्वजनिक गरेकाे छ । 

 

एनसेलको सिमकार्ड प्रयोग गरी रातो नम्बरबाट फोन आउने र उठाउँदा जे पनि हुन सक्ने हल्ला फैलाउने अरु काेही नभएर नेपाली सांगीतीक क्षेेत्रमा लागेका कलाकार हुन भन्ने थाहा पाउँदा धेरैलार्इ पत्यार नलाग्ला । तर, प्रहरीकाे अनुसन्धानले त्यही ठहर गरेकाे छ । ती कलाकार अरु काेही नभएर गायिका प्रश्ना पाण्डे हुन् । यद्यपी उनी धेरै गीत गाउे कलाकार भने हाेइनन् । उनले अहिलेसम्म एउटा मात्र गीत गाएकी छन् । उनीसँगै अरु केही कलाकार पनि यस प्रकरणमा जाेडिएकाले प्रहरीले उनीहरु सबैजनालार्इ पक्राउ गरेकाे छ । 

 

सुरुमा गायिका प्रश्नाले नै आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको भन्दै फेसबुकमा स्क्रिन सट पाेस्ट गरेकी थिइन । यसबारे अनुसन्धानमा लागेकाे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गायिका पाण्डेलाई सोधपुछका लागि बोलायो । उनले अाफूलार्इ अाएकाे कल नै फेसबुकमा पाेष्ट गरेकाे अडान लिइन । तर प्रहरीकाे केरकार तथा अनुसन्धानसामु उनकाे झुट लुक्न सकेन । उनले अाफूले कसरी फेसबुकमा त्याे पाेष्ट गरेकाे हाे भन्ने सबै कुरा प्रहरीलार्इ बताइदिइन । 

 

प्रहरीसँग प्रश्नाले त्याे कुरा अाफैले नभइृ अर्का गायकले पठाएकाे रहस्य खाेलिन । अर्का गायक दीपक बराइलीले पठाएकाे स्क्रिन सट अाफूले पाेष्ट गरेकाे बताएपछि प्रहरीले बराइलीलार्इ पनि पक्राउ गर्याे ।  बराइलीलार्इ पक्राउ गरेपछि प्रहरीले यसकाे सबै रहस्य पत्ता लगाउन सफल भयाे । 

 

सीआईबीका प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसार मोबाइलमा कल आउँदा देखिने नम्बरको कलर (रंग) परिर्वतन गरिदिने प्रि-एपहरु प्रशस्तै बनेका छन् । र, त्यसैको दुरुपयोग गरेर नेपालमा रातो नम्बरको आतंक मच्चाइएको रहेछ ।

 

यो एप डाउनलोड गरेपछि मोबाइलको सेटिङ परिर्वतन गर्नासाथ फोन आउँदा रातो (आफूले चाहेको) रंगमा नम्बर डिस्प्ले हुन्छ । बराइलीले पनि त्यही गरेका थिए । साथै नम्बर परिर्वतनका लागि ‘फेक कल’ भन्ने अर्को एप प्रयोग गरिएको रहेछ ।

सुरुमा त यो हल्ला एनिनेमस ब्लगबाट सुरु भएको थियो । तर, गायिका प्रशनाले नै फेसबुकमा राखेपछि यो अफवाहलाई बल पुगेपछि बुधबार सीआईबीले डेमो नै गरेर देखाएको छ ।

 

सीआईबीका प्रहरी निरीक्षक सुरेश थापाले भने, ‘यो तपाई हामी जो कोहीले एपको प्रयोग गर्न सकिन्छ कि भनेर हामीले डेमो नै गरेर देखाएका हौं ।’

 

प्रश्नाले फेसबुकमा हालेको तस्वीरमा देखाइएको नम्बर नेपालमा एलोकट नै नभएको नम्बर हो । यसका लागि ‘फेक कल’ एप प्रयोग भएको छ । यसमा नम्बर आफैंले सट गर्न मिन्छ र आफूले सेट गरेको टाइममा कलिङ भनेर नम्बर देखाउँछ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबीका प्रमुख नवराज सिलवालले भने, ‘गुगल प्ले स्टोरमा गएर जसले पनि यस्तो बनाउँछ, यो भ्रममा नपर्न सबैलाई अनुरोध गर्छौं । 

© Copyright Protected. All rights reserved with NonStopKhabar.com