माओबादी केन्द्र निकट शिक्षक संगठनले आफ्नै भवन बनाउने , यसरी जुटाइदै श्रोत



एकीकृत  अखिल नेपाल  शिक्षक संगठन केन्द्रिय  समितिले  आफ्नै  शिक्षक  भवन निर्माण  गर्ने निर्णय  गरेको  छ । संगठनले भवन निर्माण समिति नै बनाएर शिक्षक भवन निर्माण गर्न लागेको हो ।



केन्द्रिय उपाध्यक्ष  समेत रहेका चितवनका शिक्षक पूर्णप्रसाद  दवाडीको अध्यक्षतामा प्रत्येक प्रदेशबाट १ -१ जना शिक्षक प्रतिनिधि रहनेगरी सुदाम गौतम, गणेश रिजाल र कृष्णदत्त जोशी लगायतको भवन निर्माण समिति बनाईएको छ भने रत्नबहादुर ओली, भोला सापकोटा, शंकर अधिकारी, स्थिर खनाल, माधव मरहठ्ठा, तुलसी प्रसाद घिमिरे र सानु लोहनीसहितको निर्माण सल्लाहकार समितिसमेत निर्माण गरिएको छ ।

भवन निर्माण समितिको महेन्द्र माबि, काठमाडौमाँ बसेको बैठकले ६ महिनाभित्र भवन निर्माणका आधारहरु बनाइसक्ने बताइएको छ । संगठनले आगामी महाधिबेशन आफ्नै भवनमा गर्ने लक्ष लिएको छ ।

भवन निर्माण समितिले आर्थिक सहयोगको लागि सम्पूर्ण सदस्य र शुभचिन्तकहरुसँग अपील गर्ने निर्णय पनि गरेको समितिका सदस्यसमेत रहेका केन्द्रिय सदस्य सुदाम गौतमले बताए । 

गौतमका अनुसार संगठनका साधारण सदस्यहरुका लागि रु १ हजार, जिल्ला सदस्यहरुका लागि रु २ हजार र केन्द्रिय सदस्यहरुका लागि रु ५ हजार सहयोग रकम अनिवार्य गरिएको छ ।

६ महिनामा करीब ४ करोड़ उठाउने उद्देश्यसहित खटिएको निर्माण समितिमा केहि दिनमै सदस्यहरुले उत्साहप्रद सहयोग गरेको केन्द्रिय सदस्य सुदाम गौतमले जानकारी गराए । 

भवन निर्माण समितिका अध्यक्ष पूर्णप्रसाद दुवाडी, त्यसैगरी कूलप्रसाद खतिवडा र सुदाम गौतमले रु ५१ हजार ५१  पुस्प न्यौपानेलेरु ४१ हजार १, अम्बिका नेपाल र सिताराम अधिकारीले रु २५ हजार र राजबिर महतोले रु ३० हजार आर्थिक सहयोग गरेको र अरुहरुले पनि सहयोगको प्रतिबध्दता ब्यक्त गरिरहेको बताईएको छ ।
                
बैठकले  सहयोग  गर्ने सम्पुर्णलाई  निम्न अनुसारको सम्मान गर्ने निर्णयसमेत गरेको गौतमले जानकारी गराए ।
१)  रु २ हजार  भन्दा माथि  सहयोग  प्रदान  गर्ने ब्यक्ति / महानुभाव लगायत सबैलाई  प्रमाणपत्रले सम्मान  गर्ने ।

२) रु १० हजार भन्दा माथि  सहयोग  गर्नेलाई  शिलालेखमा नाम र प्रमाणपत्रले सम्मान ।

३) रु २० देखि ४० हजार सम्म प्रदान  गर्नेलाई  शिलालेख र ताम्र पत्रले सम्मान ।

 ४) रु ४० देखि ६० हजार सम्मलाइ शिलालेख ,ताम्रपत्र र दोसल्लाले  सम्मान ।

 ५)  रु ६० देखि ८० हजार सम्मलाइ विशेष सम्मान ।

 ६) रु ८०  हजार देखि १ लाख सम्म एक कोठामा  परिवारको फोटो ।

७) १ लाख देखि ३ लाख सम्म एक कोठामा  नामकरण ।

८) ३ देखी ५ लाख सम्म हलको नामकरण ।

९) ५ देखि १० लाख सम्म फ्ल्याटको नामकरण ।

१०) १० देखि २५ लाख सम्म भवन को नामाकरण ।
       

© Copyright Protected. All rights reserved with NonStopKhabar.com