लुम्विनीमा यो वर्ष झण्डै ७२ प्रतिशत पर्यटक बढे



अघिल्लो वर्षको तुलनामा सन् २०१६ मा लुम्विनी भ्रमण गर्ने ७१.८१ प्रतिशतले बढेका छन् । २०१६ मा कुल १२ लाख ८५ हजार ६ सय ८० जनाले लुम्विनी भ्रमण गरेका छन् ।

सन् २०१५ मा ७ लाख ४८ हजारले २ सय ९४ जनाले भ्रमण गरेका थिए । जस मध्ये नेपाली पर्यटक दोब्बर भन्दा बढीले बृद्धि भएका छन् । २०१६ मा १० लाख १५ हजार नेपाली पर्यटकले भ्रमण गरेका छन् ।

अघिल्लो वर्ष ४ लाख ८९ हजारले मात्र भ्रमण गरेका थिए ।  मधेस आन्दोलनका क्रममा भएको बन्द र नाकाबन्दीका कारण २०१५ मा नेपाली पर्यटकको संख्या घटेको थियो । त्यस्तै भूकम्पका कारण पनि पर्यटकको संख्या कम भएको थियो ।

© Copyright Protected. All rights reserved with NonStopKhabar.com