विश्वमै नभएको ब्याटल नेपालमा ; क्याप्टेन लामा भन्छन ' युवाहरु आउनुपर्छ '



बिश्वमै कतै नभएको युद्ध नेपालमा हुने भएको छ । तर, यो युद्भ शारारीक् युद्भ भने होईन । दृष्टिविहिन् बालकालिकाबिच हुन लागेको बाैद्दिक युद्भको प्रसङ्ग हो यो, जुन् बिश्वमै पहिलोपटक नेपालमा हुन लागेको हो ।


दृष्टिबिहिन बालबालिकाको प्रतिभा प्रष्फुटन गराउने र उनीहरुलाई अवसर दिलाउने तथा उत्प्रेरित् गर्ने उदेश्यले क्वीज ब्याटल नामक हाजिरी जवाफ प्रतियोगिता हुनलागेको हो ।

क्वीज ब्याटलको आयोजक सामाजिक बिकाशको क्षेत्रमा क्रियाशील संस्था लिभ् एंण्ड लीड् इंटरनेसनलले प्रतियोगिता देशब्यापीरुपमा रहने जनाएको छ ।

सोमबार राजधानीमा आयोजित क्वीज ब्याटल सार्वजनिकीकरण तथा जानकारी आदानप्रदान कार्यक्रममा देशैभरिबाट  दृष्टिविहीन बालबालिकाहरुको पहिचान गरी छनौटमाँ पर्नेहरुलाई राजधानी ल्याइने र थप तालीम र सिक्ने अबसर उपलब्ध गराई उपाधीकालागि अन्तिम प्रतिष्पर्धा गराइने बताइएको छ । 
 

कार्यक्रम आयोजक संस्था लिभ् एन्ड लीड् इंटरनेसनलका अध्यक्ष नवीन यादबले प्रतियोगिता दृष्टिविहीनलगायत सबै पृथक किसिमले सबल बालबालिकाहरुलाई प्रोत्साहन तथा सशक्तिकरण गर्ने अभियानसमेत भएको दावी गरेका छन ।

उनले यो प्रतियोगिताले नेपालकै पहिचान बिश्वमा स्थापित गर्ने जिकिर गर्दै राम्रोको शुरुवात आफैबाट गर्नुपर्ने भन्दै  युवाहरु अलमलमा नपरी समाज बिकाश र अग्रगमनतर्फ अग्रसर हुनुपर्ने बताए ।

क्वीज ब्याटल नामक उक्त हाजिरी जवाफ प्रतियोगिताकोलागी संस्थाले सामाजिक अभियंतासमेत रहेका पायलट क्याप्टेन बिजय लामालाई चयन गरेको बताइएको छ ।

कार्यक्रममा बोल्दै क्याप्टेन लामाले कमजोरलाई छोडेर होइन सँगसँगै लिएर अगाडी बदनुपर्ने बताउँदै पछाडी पारिएका दृष्टिबिहिनहरुको लागि  प्रतियोगिता संचालन गर्नु आफैमा चुनौतीपूर्ण हुदाँहुदैपनी गौरव र आत्मसन्तुष्टिको बिषयसमेत भएको भनेका छन ।

समाजमा हीरो बन्न खोज्नेहरुले  समाजसेवालाइ हतियारको रुपमा प्रयोग गर्नु ढोंग मात्र हुने भन्दै लामाले समाजसेवा दिलदेखि नै पवित्र भावनाले ओतप्रोत भएर आउनुपर्ने बताए ।

युवाहरु हरेक क्षेत्रमा अगाडी आउनुपर्ने भन्दै लामाले देश हाँक्ने जिम्मेवारी युवाहरुले पाए देशको दुर्दिन अन्त्य हुने बिश्वास ब्यक्त गरेका छन ।
 

क्याप्टेन लामाले सबैभन्दा पहिले नेपाल भन्न  र नेपाली बन्न अनुरोध गर्दै  देश , जनता र सम्पूर्ण मानवजातीको भलोमा आफ्नो श्रम र समयको सदुपयोग गर्नसमेत आह्वान गरे ।  

कार्यक्रममा क्वीज ब्याटल पुसबाटै शुरू हुने र केहि महीना भित्र नै यस्को उपाधी बिजेता घोषणा भइसक्ने बताइएको छ । प्रतियोगिता राष्ट्रीयस्तरको  टेलिभिजन  र रेडियोबाट पनि प्रशारण हुने बताउँदै आयोजकले प्रतिष्पर्धीहरुकोलागी प्रेरणादायी पुरस्कारहरुको पनि ब्यवस्था गरेको जानकारी दिएको  छ । 
 
 

© Copyright Protected. All rights reserved with NonStopKhabar.com