पुस्कल शर्माले मलेसिया तताउँने



चिनियाँ नयाँ वर्षका अवसरमा मलेसियामा भव्य सांस्कृतिक कार्यक्रम हुने भएकाे छ । मेरी बास्सै भेरीगङ्गा सांस्कृतिक धमाका नामक कार्यकम जनवरी २९ तारिखमा हुने भएकाे हाे । याे  दिन चिनियाँ नयाँ वर्षकाे सुरुवात हुने गर्दछ । 

 

मलेसियामा विभिन्न कामका लागि बसिरहेका नेपालीहरुकाे उक्त कार्यक्रममा ठूलाे सहभागिता रहने अायाेजकले जानकारी दिएका छन् । कार्यक्रममा चर्चित गायक तथा मोडल पुश्कल शर्मासहितका कलाकारहरुकाे सहभागिता रहने अायाेजकले जानकारी दिएका छन् । मलेसियाको केलमा प्रवासी नेपालीमाझ पुश्कलले अाफ्ना बहुचर्चित गीतहरुकाे प्रस्तुति दिनेछन् । 

 

पुश्कल शर्माले "म मर्दा मलामी आइदिनु है साथी", ''म मरेको छैना" जस्ता थुप्रै लोकप्रिय तथा मार्मिक गीतहरु पस्किसकेका छन् । पछिल्लाे समय उनी गायक तथा माेडल दुबै रुपमा निकै रुचाइएका कलाकार हुन् । 

 

त्यसैगरी कार्यक्रममा नव गायिका सुमित्रा काफ्लेकाे पनि प्रस्तुति रहने भएकाे छ । सुमित्रा काफ्ले र पुश्कल शर्माले संयुक्त रुपमा अाफ्ना प्रस्तुति दिनेछन् । काफ्ले पनि पछिल्लाे समय निकै चर्चामा छन् । 

 

कार्यक्रममा चर्चित निर्देशक तथा मोडल सिबन पोखरेल, सुजन न्यौपाने, बसन्तराज गौतम, मोडल अनिता बस्नेत आदिकाे पनि सहभागिता रहनेछ । त्यसैगरी चर्चित गायक गायिका सुनितामी परियार, चन्द्र सुनार, अमर राई, प्रेम रावत, प्रबेश महतारा, तुल्सी बिबस के.सी., पुष्पराज बोहरा, तिलक परियार, भिम ज्वलन्त योगी, कृष्ण बोहरा आदिकाे पनि सहभागिता रहने अायाेजकले जनाएकाे छ । 

 

त्यसैगरी कार्यक्रममा चर्चित डान्सरहरु सुमित सैतान, विशाल नेगी, मेका मगर, प्रकाश ठगुन्नाको पनि बेजोडकाे प्रस्तुति रहने बताइएकाे छ । 

 

कार्यक्रमको संयोजन कुशल भट्टराई र सहयोगी मोनिका राई रहेका छन् । त्यस्तै कार्यक्रमकाे ब्यबस्थापनमा बसन्तराज गौतम, बिनोद बस्नेत, आतिप राई, सानू काफ्ले, सङम गुरुङ भूमिका निर्वाह गरिरहेका छन् । 

उक्त कार्यक्रमकाे सञ्चालन एसपी गौतमले गर्ने भएका छ्न् । आयोजक समितिका अनुसार मिडिया पार्टनरको रुपमा अनलाइन  रेडियो भेरी गङा, डिजिटल पत्रिका ननस्टप खबर डटकम, टिभी टुडे र लाइक नेपाल डटकम रहेका छ्न् ।

 

मलेसियाको केलमा बिहान ११ बजेदेखि साँझ 6 बजेसम्म हुने उत्त कार्यक्रममा सहभागी हुन RIM 30 को टिकट लिनुपर्नेछ । टिकट लिनका लागि विभिन्न प्रतिनिधिहरु समेत अायाेजकले ताेकेकाे छ । जसका लागि बसन्तराज गौतम (0111320902), बिनोद बस्नेत (01116342374), चन्द्र सुनार (0182952016), सानू काफ्ले (0177841063 ) लार्इ सम्पर्क गर्न अायाेजकले जानकारी गराएकाे छ । 

 

© Copyright Protected. All rights reserved with NonStopKhabar.com