पलपल घाेचिरहने अभावमा



म जिन्दगीले दिएको तनावमा छु

पलपल घाेचिरहने अभावमा छु

 

कैले हाँसिरहूँ लाग्छ कैले राेउँ लाग्छ

जेहाेस् अाशाहरुकाे प्रभावमा छु

 

भासिदैछ म उभिएको धरातल

नयाँ संसार काेर्ने चर्काे दबाबमा छु

 

गलाउन खाेज्दैछन् मलाई समस्याहरु

नझुक्ने तर म लडेर मर्ने भावमा छु

 

जस्तो बनायो उस्तै हुनेरैछ जीवन

काँडाहरूबीचकाे दिव्य गुलाबमा छु

 

© Copyright Protected. All rights reserved with NonStopKhabar.com