भाषामा अनेसास न्युयोर्क च्याप्टरको विज्ञप्ति



 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्कले भाषालाई परिवर्तनको नाममा यसको वर्णविन्यासमै अराजकता फैलाउनु भाषाको विकासलाई सयौं वर्ष पछाडि धकेलेर नेपाल तथा नेपालीको अस्तित्व मेटाउने कुनियत भएको भनेको छ  । 

 समाजले एक विज्ञप्ति नै निकालेर  नेपाल प्रज्ञा प्रतिष्ठान तथा शिक्षा मन्त्रालयले भाषा बिगारेको आरोप लगाएको हो ।

 देशको राष्ट्रभाषा बिगारिनु अति लज्जास्पद कुरो भएको भन्दै समाजले  नेपाली भाषामाथि गरिएको  परिवर्तनलाई खारेज गराई मानक नेपाली भाषाको मौलिक रूप जोगाउन आह्वान समेत गरेका छ ।

 

हेर्नुस बिज्ञप्तिको पूर्णपाठ 


केही समय यता परिवर्तनका नाममा विद्यमान मानक नेपाली भाषाको वर्णविन्यासलाई नै क्षतविक्षत् गरेर नेपाली बृहत् शब्दकोश, पाठ्यक्रम पाठ्यपुस्तकलाई समेत तहसनहस गरी नेपाली भाषाको क्षेत्रमा ठूलो अन्योल अराजकता फैलाइएको यस्तो अनुत्तरदार्यीपूर्ण निर्णय निर्णायकहरूप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क, घोर आपत्ति जनाउँछ यस्ता अन्योलपूर्ण पाठ्यक्रम पाठ्यपुस्तकलाई तुरन्त खारेज गरेर प्रचलित मानक नेपाली भाषा तथा यसैअनुरूपका पाठ्यक्रम कायम राख्न जोडदार माग गर्दछ

 


हाम्रो नेपाली भाषा संसारभरका सम्पूर्ण नेपालीको परिचय हो, संस्कार हो, संस्कृति हो, राष्ट्रभाषा हो, देशको आधार हो अस्मिता हो यो भाषामा शताब्दीऔँदेखि क्रमिक रूपमा सुधार हुँदै आएर आज यो एक मौलिक भाषाका रूपमा स्थापित यही भाषालाई परिवर्तनको नाममा यसको वर्णविन्यासमै अराजकता फैलाउनु भाषाको विकासलाई सयौं वर्ष पछाडि धकेलेर नेपाल तथा नेपालीको अस्तित्व मेटाउने कुनियत चेष्टा हो नेपाल प्रज्ञा प्रतिष्ठान तथा शिक्षा मन्त्रालयबाट देशको राष्ट्रभाषा बिगारिनु अति लज्जास्पद कुरो हो

 

 


नेपाली भाषा, साहित्यको सर्वोच्च संस्था त्रिवि नेपाली केन्द्रीय विभागका प्राध्यापक वरिष्ठ समालोचक तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको नेतृत्वमा त्रिवि मानक नेपाली भाषा अभियान (२०७३) मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सन्जाल गठन गरी केही व्यक्ति संस्थाले कुनियतिद्वारा बेचिएर नेपाली भाषामाथि गरिएको अमर्यादित परिवर्तनलाई खारेज गराई मानक नेपाली भाषाको मौलिक रूप जोगाउन जुन प्रयत्न गरिएको त्यो अति सराहनीय, प्रशंसनीय अतुलनीय अनेसास न्यूयोर्क प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको नेतृत्वमा मानक नेपाली भाषा बचाउन चालिएका सम्पूर्ण कदमप्रति पूर्ण रूपमा ऐक्यबद्धता जनाउँछ  

 

 


दूषित पाराले निकालिएको नेपाली बृहत् शब्दकोश (२०७२) तथा अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) को प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको नेतृत्वमा भएको दबाबबाट खारेज गर्ने निर्णयलाई अनेसास न्यूयोर्क हार्दिक स्वागत गर्दछ विद्यालय तहका पाठ्यपुस्तक, प्रकाशनशैली आदिमा गरिएको सम्पूर्ण परिवर्तनहरू पूर्ण रूपले तुरन्तै खारेज गरी मानकीकरण गरेर संशोधन कार्यान्वयन गर्न आह्वान गर्दछ यसो नभएसम्म हाम्रो निगरानी ऐक्यबद्धता जारी रहने प्रतिबद्धता पनि जनाइन्छ। दूषित नेपाली बृहत् शब्दकोश (२०७२) तथा अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) खारेज गरिएपछि पनि बेचिएका केही गैरजिम्मेवार तत्वहरूबाट मानक नेपाली भाषाका पक्षधर विद्यार्थीहरूलाई डर देखाउने, धम्क्याउने आदि जस्ता घृणित कार्यहरू गरिरहेको भैरहेको सुनिएकाले यस्ता नीच क्रियाकलापप्रति चेतावनी दिँदै सम्पूर्ण मानक नेपाली भाषीहरूमा आह्वान गरिन्छ कि यस्ता घृणित क्रियाकलापहरूको नजिकबाट निगरानी राखौँहेरेर नबसौँ, खेलेर नबसौँ, पछि नपरौँ यो हामी सबैको कर्तव्य हो किनकि यस्तो अराजकताले राष्ट्रको स्वाभिमानमै धावा बोल्दछ

 


मानक नेपाली भाषाको क्षेत्रमा लादिएको यस्तो अन्योलको तत्काल निराकरण गरी विद्यालय तहका पाठ्यपुस्तकमा लादिएको अमानक वर्णविन्यास तुरन्तै खारेज गरेर मानक नेपाली भाषाको अस्तित्व जोगाउन अनेसास न्यूयोर्क सबै सरोकरवाला निकायहरूसँग जोडदार माग राख्दछ   

 


शकुन ज्ञवाली                                       राजेन्द्र श्रेष्ठ
महासचिव                                            अध्यक्ष

     


          अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क

 

© Copyright Protected. All rights reserved with NonStopKhabar.com