नेपाली लाेक गीतमा चम्कदै प्यूठानी भरत



वैदेशिक राेजगारीकाे शिलशिलामा मलेसियामा पुगेका भरत सुनार गीत संगीतमा छाएका छन् । 

 

प्युठानकाे चुजा गाविस वडा न. ९ स्थायी घर भएका भरतले थुप्रै लाेक गीतहरुमा स्वर दिएका छन् । लाेक गीतमा निकै जमेका भरतका गीतहरु निकै रुचाइएका छन् । गीत संगीतलार्इ सानैदेखि माया गर्ने भरत यस क्षेत्रकाे प्रवर्द्धनमा जीवन पर्यन्त लाग्ने बताउँछन् । 

 

उनी गीत संगीतमै आफ्नो सपना पूरा गर्ने, लोक सङ्गीतलाई जगेर्णा गर्ने र लाखौ स्रोताहरुको मन जित्ने अभियानमा अाफू रहेको बताउँछ्न । नेपालमा रहँदा बिबिध कारणले गीतहरु बजारमा ल्याउन नसकेका भरत वैदेशिक राेजगारीमा गएपछि यसमा अझ बढी लागेका छन् । उनले राेजगारीसँगै बचेकाे सबै समय गीत संगीतमा दिने गरेकाे बताउँछन् । 

 

फुर्सदको समयलाई पूरै सदुपयोग गरेर उनले शब्द  तथा लय पनि सिर्जना गर्ने गरेका छन् । ती गीतहरुमा उनी कहिले अाफै स्वर दिने गरेका छन् भने कतै अरु कलाकारहरुलार्इ समेत दिने गरेका छन् ।  भरतका दार्इ चन्द सुनारका अनुसार उनकाे पहिलो एल्बम  "न्तिम यही नै काल भो" हाे । अत्यन्तै लोकप्रिय भएकाे याे गीतले बजारमा राम्राे चर्चा पनि पायो । 

 

त्यसैगरी भरतले पछिल्लाे समय भेरीगङ्गा म्युजिक प्रा .लि . बाट अर्काे एल्वम बजारमा ल्याउँदैछन् । चर्चित गायिका ज्योति मगर र अाफ्नै स्वरमा उनले "टाढैबाट नजर पर्यो" बाेलकाे एल्वम बजारमा ल्याउने तयारी गरेका छन् । उने अाफ्नाे यो गीत निकै चर्चित हुने अाशा पनि गरेका छन् । 

 

यो एल्बम निकाल्दा धुकधुकी चमेली शिबाभक्ती र उनकै दाइ चन्द्र सुनारले साथ दियका छ्न । गित सङ्गीतलार्इ आत्मैदेखि माया गर्ने भरतले फेरि पनि भेरी गङा म्युजिक प्रा.लि. मार्फत अन्य गीतहरु बजारमा ल्याउने तयारी गरिरहेको बताउँछ्न्।

 

© Copyright Protected. All rights reserved with NonStopKhabar.com