आध्यात्मिक, सांसारिक र आधुनिक मानव चेतना समावेस नया उपन्यास ''लज्जावती''



 राजधानीको संवाद डवलीमा शुक्रबार भक्तपुर साहित्यिक समाजको आयोजनामा साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित छैठौं कृति उपन्यास ‘लज्जावती’  लोकार्पण भएको छ ।

पुस्तक लोकार्पण समारोहका प्रमुख अतिथि एवं समालोचक प्राध्यापक प्रा.डा. देवीप्रसाद सुवेदीले वर्तमान समाजलाई उपन्यासले प्रतिविम्वित गर्दै चरितार्थ गरेको धारणा राख्नुका साथै विभिन्न आयामबाट औपन्यासीक भाषाहरु लोकार्पित उपन्यासमा प्रयोग गरिनु मुख्य विशेषता भएको बताए ।


प्रा.डा. सुवेदीले जहाँपल सार्त, नित्से जस्ता विस्व चर्चित साहित्यकारहरुले सुरुवात गरेको अस्तित्ववादी धारलाई लेखक एवं सहित्यकार रसिकले समावेश गरेकाेले आफु हर्षित भएको पनि बताए ।

उपन्यासकार जितेन्द्र रसिकले आफ्नो उपन्यासममा विशेष गरेर आध्यात्मिक, सांसारिक र आधुनिक गरेर तीन किसिमका मानव चेतना र गतिविधिहरुको चित्रण गरेको बताए ।

रसिकले लज्जावतीलाई नेपाली समाज र मानव सभ्यताको थेसिस र एन्टिथेसिसको टसलबाट जन्मिएको सिन्थसिसका रुपमा जीवन र जगतलाई लज्जावती उपन्यासमा चित्रण गरिएको बताए ।

त्यस्तै प्रध्यापक तथा समालोचक भगवानचन्द्र ज्ञवालीले पनि पुस्तकको समिक्षा गर्दै हाम्रो वर्तमान समाजमा हुने गरेको अपहरण, दण्ड,प्रेमजस्ता विषयहरु समावेश गरेर उपन्यासाई रसिकले  जिवन्त बनाएको भन्दै कलात्मकता र साहित्यात्मक पक्षले दर्शनलाई छोएको र जीवन दर्शनलाई पनि उपन्यासले समावेश गरेको धारणा राखे ।    

पत्रकार एवं लेखक दामोदर न्यौपानेले उपन्यासको सम्बन्धमा बोल्दै प्रकृति, द्वन्द्व र प्रेमको त्रिकोणात्मक विषयलाई साहित्यमा समावेश गरेकाले उपन्यास उत्कृष्ट रहेको धारणा राखे । न्यौपानेले दण्डहिनताले मानव जीवनमा पारेको प्रभावको बलियो प्रमाण नै लज्जावती उपन्यास भएको बताए ।

भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मनकर्मीले २२ ओटा खण्डमा विभाजित लज्जावती उपन्यासको प्रत्येक खण्डमा कथाको पूर्णता पाउनु रोचक विशेषता रहेको बताए । त्यस्तै समाजकी विद्या चित्रकारले पनि पुस्तकमाथि धारणा राखिन ।

सहित्यकार रसिकको यो पहिलो उपन्यास हो । उनका यस अघि हृदयस्पर्शी छालहरु (गजल सङ्ग्रह–२०६३, तारापुञ्ज(फाँचल सङ्ग्रह–२०६५),  एलियनको पृथ्वी भ्रमण(बालकथा सङ्ग्रह– २०७२,  काफिया(गजल सङ्ग्रह २०७३) , हावा फल्ने रुख (बाल चित्रकथा–२०७३) सहित ६ कृति प्रकाशित छन । उपन्यास ‘लज्जावती’ स्वदेश प्रकाशन प्रालिले बजारमा ल्याएको हो भने भक्तपुर साहित्यिक समाजले लोकार्पण गरेको हो ।

 

© Copyright Protected. All rights reserved with NonStopKhabar.com