अमेरिका र ब्राजिलभन्दा पनि बढी संक्रमित एकै दिनमा भेटिए भारतमा

काठमाडौं । भारतमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित एकैदिन भेटिएका छन् । पछिल्लो २४ घन्टामा भारतमा ६२ हजार एक सय ७० जनामा संक्रमण पुष्टि भएको छ। यो संक्रमणदर उच्च रहेका देश अमेरिका र ब्राजिलको भन्दा पनि बढी संख्या भएको बताइएको छ । वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७१ हजार ९ सय ८६ […]

सबै स्थानीय तहमा कोरोना फैलिएपछि नुवाकोटमा आजदेखि लकडाउन

नुवाकोट । कोरोना सङ्क्रमण जिल्लाका सबै स्थानीय तहमा बढेपछि नुवाकोटले आजदेखि लकडाउन गर्ने निर्णय गरेको छ । भाइरसको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ। सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र […]

नेपालमा कोरोना संक्रमित पुगे २१७५०, मृत्यु संख्या ६५

काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ भने बिहीबार मात्रै थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै कोरोना संक्रमणबाट ६५ जनाको मृत्‍य भइसकेको छ भने हालसम्‍म १५ हजार ३ सय ८९ जना कोरोनालाई जितेर घर फर्किएका छन्। यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६ सय […]

काठमाडौंमा अहिलेसम्मकै धेरै संक्रमित भेटिए, राजधानीमा कोरोनाबाट फेरि एक जनाको मृत्यु

काठमाडौं । राजधानी काठमाडौंमा अहिलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन । राजधानीमा भाइरसको संक्रमण क्रमशः बढदै गएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ८६ जना संक्रमित थपिएको जानकारी दिए। यो एकैदिन उपत्यकामा थपिएको धेरै संक्रमित हो। बुधबार उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए। आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७५, […]

काठमाडौसहित एकै दिन कोरोनाबाट ६ जना संक्रमितको मृत्यु

काठमाडौं, २१ साउन । नेपालमा एकैदिन ६ जना काेराेना संक्रमितको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । काठमाडाैंकाे बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको पनि मृत्यु भएको हाे । […]

परम्परागत मतया: सम्पन्न

  ११४० गुँलागा द्वितीया, श्रावण २१, बुधवा: ललितपुर । हरेक वर्ष पाटनमा गुँलागाः द्वितीयाको अवसरमा हर्षोलाश एव‌ं भव्यताका साथ मनाईदै आईरहेको मतयाः यस वर्ष कोभिड-१९ को असहजताबीच सफलतापूर्वक सम्पन्न गरिएको छ । यस वर्षका आयोजक श्री रुद्रवर्ण महाविहार, न्यकू जात्रा मतयाः सञ्चालन समिति, ओकुबहाल क्षेत्र नं ७ ले पूर्वसूचित योजना अनुसार नै आज परम्परालाई निरन्तरता […]

कोरोनाबाट विश्वमा ७ लाख ३ हजारभन्दा बढी मानिसको मृत्यु

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ३ हजार ३३१ पुगेको छ । बुधबार बिहानको तथ्यांक अनुसार १ करोड ८६ लाख ९० हजार ३६६ जनामा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा २ लाख ५२ हजार ९७८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ६ हजार २४८ जनाले ज्यान गुमाएका छन् […]

अस्पताल लग्दै गर्दा कोरोना संक्रमित युवतीको मृत्यु

वीरगञ्ज । विरगञ्जमा काेराेनाबाट एक जनाकाे मृत्यु भएकाे छ । यससँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५९ पुगेकाे छ । विरगञ्जमा १८ वर्षीय युवती अस्पताल लैजान लाग्दा मृत्यु भएकाे हाे । पटक पटक वान्ता भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएकी ती युवतीमा परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको थियाे । पर्साको पोखरिया नगरपालिका ९ […]

शव गन्हाएपछि प्रहरी हस्तक्षेप, पास्टरले जिउदो पार्ने भनेपछि ५ दिनसम्म मृतकलाइ घरमै राखिएको खुलासा

कैलाली । कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म शव घरमै राखिएको छ। स्थानीय दीपक चौधरीको घरभित्रबाट गन्ध आउन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा शव रहेको रहस्य खुलेको हो। बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । शक्तिनगर शिविरका अगुवा मोतीराम […]

बाढीले बगाएर भारत पुर्‍याएको गैँडाको तीनवर्षपछि उद्धार

नवलपरासी । तीन वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो तीन बजे डार्ट गरी मध्यरातमा निकुञ्ज ल्याएर छाडिएको हो । उनका अनुसार राति १ बजेतिर निकुञ्जको कसरा नजिकै […]