खाडीको सन्देश (भाग १)

बच्चा बेलामा कसैले सबैभन्दा गाह्रो काम के हो प्रतीक ? भनेर सोध्यो भने म फ्याट्टै जवाफ दिन्थेँ, ‘पढ्नु नपरे हुन्थ्यो ।’ विभिन्न बाहाना, घरको दबाब र गाली सुन्दै स्कूल गयो । स्कूल हिँड्ने बेला घर फर्किने समय आउला र भन्ने लाग्थ्यो। स्कूल पुगेपछि गृहकार्य पूरा नहुँदा फेरि सरको कुटाइ। रातो भएका हात लुकाउँदै सरसँग रिसाउँदै […]

मंगलबार टोकियोमा २०७ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार टोकियोमा २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो अघिल्लो दिनको तुलनामा बढेको हो । टोकियोमा हालसम्म संक्रमित संख्या १८ हजार ८२ जना पुगेको छ । यस मध्ये ३४१ जनाको निधन भएको छ भने १४ हजार १५ जनाले स्वास्थ्य लिएको एनएचकेले जनाएको छ।

ट्वीटरमा खुलेनन मोदी, टेलिफोनमा भने द्वीपक्षीय सम्बन्ध राम्रो बनाउने कुरा

काठमाडौँ। नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार वार्ता भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शनिबार टेलिफोन गर्दै बधाई दिएका थिए। भारतीय विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएका उल्लेख छ। ‘उहाँले भारतले हालसालै राष्ट्रसंघीय सुरक्षा […]

यूएईको शारजाहमा दुई नेपालीको बिभत्स हत्या, ग्याङ फाइटमा मारिएको हुनसक्ने प्रहरी दावी

काठमाडौं । यूनाइटेड अरब इमिरेटस (यूएई)को शारजाह शहरमा दुई नेपालीको हत्या भएको छ । दुई समूह बीच झगडा भएपछि उनीहरुको हत्या भएको हुनसक्ने यूएई प्रहरीले जनाएको छ । झगडाले उग्ररुप लिएपछि उनीहरुलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यूएईबाट प्रकाशित हुने गल्फ न्यूजले जनाएको छ । मृतकहरुको अनुहार, घाँटी, छाती तथा […]

कतारमा अलपत्र परेका १५१ नेपाली स्वदेश फर्किए

काठमाडाैं । कोरोना भाइरसको महामारी लगायत विभिन्न कारणले कतारमा अलपत्र परेका १५१ नेपाली स्वदेश फर्किएका छन् । कतारस्थित नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा उनीहरु स्वदेश फर्किए हुन् । दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको २३९२ उडानमा ४ बालबालिका र १८ महिलासहित १५१ जना नेपाली स्वदेश फर्काइएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव भुवन प्रसाद […]

मंगलवार टोकियोमा ३०९ जनामा कोरोना संक्रमण

मंगलवार टोकियोमा ३०९ जना कोरोना संक्रमित भएको टोकियो महानगरपालिका कार्यालयले पुष्टि गरेको छ । केहिदिन यता टोकियोमा कोरोना संक्रमण बढ्दो क्रममा छ ।आज सम्म टोकियोमा कोरोना संक्रमितको संख्या १४ हजार २२ पुगेको जापानको लोकप्रिय संचार माध्यम एनएचकेले जनाएको छ । टोकियो महानगरपालिका सरकारले सर्बसाधारणलाई अनावश्यक काममा हिडडुल तथा भिड्भाड नगर्न पनि अनुरोध गरेको छ ।

टोकियोमा आइतबार २९२ जनामा कोरोना संक्रमण पुष्टि

जापानको राजधानी टोकियोमा आइतबार कोरोना संक्रमितको संख्या २९२ जनामा पुष्टि भएको छ।अघिल्लो दिनको तुलनामा यो संख्या घटदो भएपनि शनिबार टोकियोमा संक्रमितको संख्या ४७२ पुगेको थियो । राजधानी टोकियोमा पछिल्लो समय कोरोना संक्रमण बढिरहेको छ ।अहिले सम्म टोकियोमा १३ हजार ४५५ जना संक्रमित रहेको एनएचके न्यूजले जनाएको छ ।

टोकियोमा शनिबार पनि कोरोना संक्रमितको संख्या उच्च

जापानको राजधानी टोकियोमा शनिबार पनि कोरोना संक्रमितको संख्या बढेको छ । शनिबार मात्र ४७२ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै टोकियोमा जम्मा संक्रमितको संख्या १६ हजार १ सय ६३ जना पुगेको छ ।

कुवेतले लगायो नेपालीलाइ आफ्नो देश प्रवेशमा रोक

काठमाडाैं । कुवेत सरकारले नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो। कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन्। कोरोना संक्रमण नियन्त्रणको लागि यस्तो निर्णय गरिएको कुवेत सरकारले जनाएको छ। कुवेतमा १ अगस्टदेखि व्यवसायिक उडान सञ्चालन हुँदैछन्। उडान खुले […]

अक्टोबरमा दोश्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघले आगामी अक्टोबर ९ देखि ११ तारिखसम्म (२०७७ असोज २३–२५) ‘दोस्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन’ आयोजना गर्ने भएको छ । नेपाल सरकारको सहकार्यमा हुने उक्त ज्ञान सम्मेलन कोभिड–१९ का कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गरी भौतिक रूपमा वा अनलाइनमार्फत् आयोजना गरिने संघले जनाएको छ । परिस्थिति समान्य बनेको अवस्थामा अक्टोबरमा […]