युक्रेनसँग युद्ध चाहन्नौं : रुसी विदेश मन्त्री

काठमाडौं, १४ माघ । रुसका विदेशमन्त्री सर्गेइ ल्याभरोभले आफूहरू युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका छन् । शुक्रबार रुसी रेडियोसँग कुरा गर्दै विदेशमन्त्री ल्याभरोभले रुसले युक्रेनसँग युद्ध गर्न नचाहेको बताएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना रुसले युक्रेनमा हमला गर्न सक्ने बताएलगत्तै ल्याभरोभको यस्तो प्रतिक्रिया आएको हो । बिहीबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको […]

युक्रेन संकटमा एक्लो भयो अमेरिका, चीन पनि रुसकै समर्थनमा

काठमाडौं, १३ माघ । युक्रेन संकटमा अमेरिका अब एक्लो भएको छ । अमेरिकालाई चीनको साथ मिल्ने आशा अब समाप्त भएको छ । चीन अब रुसको पक्षमा खडा भएको छ । रुसको समर्थन गर्ने चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘उचित सुरक्षा चिन्तालाई गम्भीरतापूर्ण रुपमा लिन आवश्यक छ र समस्याको समाधान निकाल्न आवश्यक छ ।’ अमेरिकी विदेश […]

युक्रेन तनाव: आठ हजारभन्दा धेरै सैनिक ‘उच्च सतर्क अवस्थामा रहेको’ अमेरिकाको भनाइ

काठमाडौं, ११ माघ । युक्रेनमाथि रुसले हमला गर्नसक्ने चिन्तामाझ करिब साढे आठ हजार अमेरिकी सेनाहरू छोटो सूचनामै जहाँ पनि जानसक्नेगरी उच्च सतर्क अवस्थामा रहेको पेन्टागनले बताएको छ। रुसले भने युक्रेनमाथि हमला गरेर कब्जा गर्ने आफ्नो मनसाय नभएको बताउँदै आएको छ। पछिल्ला महिनाहरूमा रुसले युक्रेन नजिक ठूलो सङ्ख्यामा सैनिकहरूको उपस्थिति बढाएपछि त्यहाँ जुनसुकै बेला युद्ध हुनसक्ने […]

युक्रेनस्थित दूतावासका कर्मचारीका परिवारलाई देश छोड्न अमेरिकाको निर्देशन

अमेरिका । अमेरिकाले युक्रेनस्थित अमेरिकी दूतावासमा रहेका आफ्ना कर्मचारीका परिवारलाई त्यहाँ छोड्न निर्देशन दिएको छ । अमेरिका -युक्रेनबीच अमेरिकी विदेश मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो । युक्रेनमा रहेका अन्य अमेरिकी नागरिकहरुलाई पनि देश छोड्ने बारे मनस्थिति बनाउनसमेत विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ । रसियाले युक्रेनमाथि सैन्य कारबाहीको तयारी गरेको अमेरिकाले दाबी गर्दै […]

एक लाख रूसी सैनिकले किन घेरेका छन् युक्रेनलाई?

काठमाडौं, १० माघ । आइतबार अमेरिकी विदेश मन्त्रालयले पूर्वी युरोपेली मुलुक युक्रेनमा रहेका आफ्ना कूटनीतिज्ञका परिवारलाई जति सक्दो छिटो युक्रेन छोड्न भनेको छ। रूसले युक्रेनमाथि आक्रमण गर्न सक्ने भएकाले आक्रमणपछि आफ्ना नागरिकलाई उद्धार गर्न कठिन हुने भन्दै अमेरिकी विदेश मन्त्रालयले कूटनीतिज्ञका परिवारलाई सार्वजनिक वा निजी सवारी प्रयोग गरेर युक्रेनबाट बाहिरिन भनेको हो। अमेरिकाले केही कूटनीतिज्ञलाई […]

एउटा भाइरल तस्बिरले बदल्यो यी बाबु–छोराको जिन्दगी

काठमाडौं, १० माघ । सिरियामा बम आक्रमणमा परी खुट्टा गुमाएका बुवाले पाखुरा र गोडा नभएका छोरालाई उचालिरहेको एउटा तस्बिर गत वर्ष निकै भाइरल भएको थियो। टर्कीका फोटोग्राफर मेहमेत अल्सानले खिचेको उक्त तस्बिरमा वैशाखी टेकेर मुन्जिर एल नेजेल आफ्ना छोरा मुस्ताफालाई उठाइरहेका थिए। यो तस्बिर टर्की र सिरियाको सीमानजिकै खिचिएको थियो। पछिल्लो समय उनीहरू टर्कीको शरणार्थी […]

ओमिक्रोनपछि कोरोना समाप्त हुन्छ भन्नु खतरनाक : विश्व स्वास्थ्य संगठन

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कोरोनाको ओमिक्रोन अन्तिम भेरियन्ट भनेर सोच्नु गलत भएको बताएको छ । संगठनले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट रहेको र हामी महामारी अन्त्यको अन्तिम चरणमा छौं भनेर सोच्नु खतरनाक भएको बताएको छ । डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहनर्म गिब्रयेससले यसका लागि अलग अलग परिदृश्य रहेको बताए । कोरोना महामारी कसरी समाप्त हुन्छ […]

युक्रेनबारे विवादास्पद टिप्पणीपछि जर्मन नौसेना प्रमुखद्वारा राजीनामा

काठमाडौं, ९ माघ । युक्रेनबारे विवादास्पद टिप्पणी गरेसँगै जर्मनीका नौसेना प्रमुखले राजीनामा गरेका छन्। के–खिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको भन्ने कुरा बकवास रहेको बताएका थिए। उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले मात्र सम्मान खोजेको पनि बताए। युक्रेनलाई अमेरिका र यूके सहितका अन्य केही राष्ट्रहरूले हातहतियार उपलब्ध गराएका छन्। तर जर्मनीले भने हतियार उपलब्ध गराउन […]

अफगानिस्तानको हेरातमा मिनी बसमा बम विष्फोट, ७ जनाको मृत्यु

काठमाडौं, ९ माघ । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विष्फोट हुँदा चार महिलासहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ । हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर […]

चर्चित पोर्न स्टार पक्राउ, प्रहरीले लगाए यस्तो आरोप

काठमाडौं, ४ माघ । डब्लूडब्ल्यूई हल अफ फेमबाट पोर्न स्टार बनेकी ४९ वर्षीया टेमी लिन एकपटक पुनः विवादमा आएकी छिन् । टेमी लिनलाई पक्राउ गरिएको छ । यसपटक उनीमाथि ‘चरमपन्थको धम्की’ दिएको आरोप लागेको छ । उनलाई अमेरिकाको न्यूजर्सीबाट पक्राउ गरेर हिरासतमा लिइएको छ । टेमी लिनमाथि विभिन्न आरोपमा पक्राउ गरिएको छ । ‘चरमपन्थको धम्की’ […]