उपत्यकामा एक साता अझै कर्फ्यू जारी राख्ने निर्णय

काठमाडौं । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संयुक्त बैठकले कर्फ्यूकाे समय थप एक साता लम्ब्याउने निर्णय गरेकाे छ । गृह मन्त्रालयसँगको सल्लाह र सुझावपछि कर्फ्यू लम्ब्याइएकाे बताइएको छ। सुरुमा भदाै ३ गतेदेखि जारी गरिएकाे निषेधाज्ञाको समय यसअघि पनि एक हप्ताका लागि भनेर थप गरिएकाे थियाे । कोरोना भाइरसको संक्रमण नराेकिएकाे भन्दै उपत्यकामा थप एक […]

खतिवडा पुनः मन्त्री बन्न संविधान बाधक

काठमाडौं, १७ भदौ । डा. युवराज खतिवडाको मन्त्री कार्यकाल सकिएपछि संविधानबमोजिम उनलाई पुनः सोही पदमा ल्याउन संविधान बाधक हुने भएको छ । संसद्को दुवै सदनको सदस्य नभएको व्यक्ति नेपालको संविधानको धारा ७८ (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा मन्त्री पदमा नियुक्त गर्न सक्ने प्रावधान छ । तर, त्यसरी मन्त्री भएको व्यक्तिले पदलाई निरन्तरता राख्न ६ महिनाभित्र […]

रौतहटमा एक युवकलाई कञ्चटमा गोली हानी हत्या

रौतहट । रौतहट जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ। ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो। सीमावर्ती भारत बिहार घोडाशहन थाना क्षेत्रअन्तर्गत लैन बंसवरिया गाउँ नजीकै पोखरी छेउमा कञ्चटमा गोली हानी हत्या गरिएको अवस्थामा युवक साहको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता भरत […]

फेरि निगमले बढायो पेट्रोल मूल्य

काठमाडौं, १६ भदौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार मध्यरातपछि लागू हुने गरी निगमले लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । यससँगै अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको […]

अनलाइनबाट होम डेलिभरी सेवा फेरि भयो सुचारु

काठमाडौँ । अनलाइनका माध्यमबाट हुने होम डेलिभरी सेवा पुनः सुचारु भएको छ। ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले मंगलबार विज्ञप्ति जारी गर्दै अनलाइन सेवा सुचारु भएको जानकारी दिएको हो। फोरमका अनुसार भदौ १६ गतेदेखि बिहान ९ः१५ बजेभित्र सेवा सञ्चालन गर्दा कुनै पनि अवरोध नहुने तथा यसका लागि पूर्वस्वीकृति पनि लिनुपर्नेछ। अनलाइनका माध्यमबाट होम […]

राजधानीमा जारी कर्फ्यू थप्ने कि अन्त्य गर्नेबारे बुधवार मात्र निर्णय हुने

काठमाडौँ । दुई सातायता जारी कर्फ्यूबारे बुधवारमात्र निर्णय गरिने भएकाे छ । सुरुमा एक हप्ता भनेर जारी गरिएकाे कर्फ्यू गतहप्ता बढाएर भदाै १७ सम्म पुर्याइएकाे थियाे । बुधवार तीनवटै जिल्लाका जिल्ला प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुखसहितको संयुक्त बैठक बस्ने र कर्फ्यूबारे निर्णय गर्ने बताइएको छ। मंगलबार तीनवटै जिल्लाका सीडीओको भर्चुअल मिटिङ भएको र साे बैठकले […]

वास्तविक समाजवादका लागि नयाँ अभियान सञ्चालन गरिदै

काठमाडाैं । नेपालमा वास्तविक समाजवादका लागि संघर्ष गर्ने भन्दै नयाँ अभियान सुरु हुन थालेकाे छ । विभिन्न राजनीतिक अान्दाेलनमा जाेडिएर हाल स्वतन्त्र रुपमा रहेकाे टिमले याे अभियान थालेकाे हाे । साेसलिस्ट एलाइन्स मुभमेन्ट नाम दिइएकाे उक्त अभियानका एक पहलकर्ता महादीप पाेखरेलले नेपालमा अधिकांश नेता तथा पार्टीहरु नक्कली समाजवादकाे अभ्यास र वकालतमा लागेकाले याे अभियान थाल्नुपरेकाे […]

आइसोलेशनमा राखिएका रक्षामन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीको पीसीआर नेगेटिभ

काठमाडौँ । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त […]

सरकारको आदेश नटेर्ने घोषणा गर्दै यी शैक्षिक संस्थाले सुरु गरे भर्ना अभियान

बुटवल । कोरोना महामारीका कारण विश्वभर शैक्षिक पठन पाठनको काम ठप्प छ । विकासमा ठूलो फड्को मारेका देशहरुमा पनि अहिले विद्यालय, कलेजहरु खुलेका छैनन । महामारीबाट जोगिन विश्व स्वास्थ्य संगठनले नै सामाजिक दुरी कडाइपूर्वक लागु गर्न, भिडभाड नगर्न र मास्कको प्रयोग लगायतका अन्य आवश्यक सुरक्षाका उपायलाई लागु गर्न आह्वान गरेको छ । यस्तो भयावह अवस्थामा […]

८१ प्रतिशत नेपालीमा कोरोना संक्रमण हुने र यस वर्ष ४९ हजार मान्छे कोरोनाबाट मर्ने दावी पूरै गलत

काठमाडौं, १३ भदौ । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोनाका कारण नेपालमा ४९ हजार जनाको मृत्यु हुन्छ भनेर अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमान शतप्रतिशत गलत भएको दाबी गरेका छन्। यो वर्ष अर्थात् डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जनाको मृत्यु हुन्छ भन्ने निष्कर्ष निकालेर जनमानसमा त्रास उत्पन्न गराइएको भन्दै उनले खण्डन […]