गणेश र अग्निबीच संसदमा रिक्त महासचिव बनाउनेबारे चर्काचर्की

काठमाडौं, ५ चैत । पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहरसम्म मिलेको छ । तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवारमै देखियो । कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्ने मात्रै हो । महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए । त्यसपछि लफडा चल्यो, नयाँ महासचिव सिफारिस र कार्यवाहकका बारेमा । […]

द्वन्द्वको बेला बेपत्ता पारिएकाको सूची सार्वजनिक: हेर्नुस बेपत्ता हुनेहरु

भक्तपुर ४ फागुन । १० वर्षे सशस्त्र द्वन्द्वको बेलामा बेपत्ता पारिएका व्‍यक्तिको छानविन गर्न गठित आयोगले बेपत्ताहरुको सूची सार्वजनिक गरेको छ । सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक भएको हो । बेपत्ता छानविन आयोगले २ हजार ५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ। उजुरीको आधारमा बेपत्ताहरुको सूची सार्वजनिक गरिएको […]

एसईई परीक्षा केन्द्रमा निस्शुल्क सेनिटरी प्याड, कलम र मास्कको व्यवस्था

नवलपरासी, ३ चैत । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रवेशिका परीक्षा (एसईई) का परीक्षार्थीहरुका लागि सेनिटरी प्याड, कलम र मास्कको व्यवस्था गरिने भएको छ । शिक्षा विकास तथा समन्वय इकाईले सो व्यवस्था गरेको हो । परीक्षाका बेला विद्यार्थीलाई मानसिक तनाव नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको इकाईले जनाएको छ । इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले परीक्षा […]

भोलि देखि लागु हुनेगरी डिभी र गैरआप्रवासी भिसा रद्ध

काठमाडौं, ३ चैत । कोरोना भाइरसको प्रकोपका कारण नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावास काठमाडौंले सम्पूर्ण भिसा रद्द गरेको छ ।भोलि (मंगलबार) देखि लागु हुनेगरी अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको हो । ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनस्सञ्‍चालन गर्नेछौँ। तर, यस बखत भने निश्‍चित समय तोक्‍न असमर्थ छौँ’, […]

असिनापानीले चुटेर अर्घाखाँचीमा २ को मृत्यु, ६० करोड बराबरको हिउँदे अन्नबालीमा क्षति

अर्घाखाँची, ०३ चैत । गत शनिबार अविलरल वर्षासँगै परेको असिनापानीले चुटेर अर्घाखाँचीमा २ जनाको ज्यान गएको छ । भने ६० करोड बराबरको हिउँदे अन्नबालीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अघाँर्खाचीले जनाएको छ । अघाँर्खाचीका भूमिकास्थान नगरपालिकामा गत शनिबार परेको असिनापानीका कारण दुई जनाको मृत्यु भएको छ । करोडौको अन्नबालीमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र अघाँर्खालीले […]

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न स्पेनमा सङ्कटकाल, फ्रान्समा थप प्रतिबन्ध

युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन् । स्पेनले सर्वसाधारण नागरिकहरूलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । स्पेनमा अहिलेसम्म १९१ जनाको कोरोनाभाइरस सङ्क्रमण अर्थात् (कोभिडढ-१९ ) बाट मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य […]

धादिङका हिमेश पन्त बने कमेडी च्याम्पियन

काठमाडौँ । रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् ।शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् । उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्। कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए। धादिङका हिमेश युट्युबबाट परिचित […]

माइक्रोसफ्टबाट बिदा भए बिल गेट्स

एजेन्सी । बिल गेट्सले र माइक्रोसफ्ट एकअर्काका पर्याय थिए । तर, अब त्यो नरहने भएको छ । बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टका अनुसार बिल गेट्स विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहन्छन् […]

कोभिड-१९ बारे जानकारी दिन सरकारले स्थापना गर्‍यो २४ घन्टे कल सेन्टर

काठमाडौं, ३०फागुन । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेसंगै कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले शुक्रबारबाट कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ। रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो। अब आजबाट […]

कुलमान र मुकेशसहित सञ्चालक समितिका सदस्यविरुद्ध ९ अर्ब ‘घोटाला’मा मुद्दा चलाउन सिफारिस

काठमाडौँ, ३० फागुन । कुलमान र मुकेशसहित सञ्चालक समितिका सदस्यविरुद्ध ९ अर्ब ‘घोटाला’मा मुद्दा चलाउन सिफारिस गरेको छ । डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गर्न गठित अध्ययन उपसमितिले आफूले तयार पारेको प्रतिवेदन आज समितिमा पेश गरेको हो । प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीविरुद्ध ९ […]