गाई काटेर खाने तीन जना प्रक्राउ

स्याङ्जा । गाई काटेर खाने तीन जनालाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ। स्याङ्जाको गल्याङ नगरपालिका–९ जौबारीमा गत आइतबार राति १० बजे गाई काटेर मासु भाग लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार गल्याङ–९ का ३८ वर्षीय […]

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पताल-पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो। प्रदेश प्रमुखको निजी सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत प्रदेश प्रमुख कलौनीलाई कोभिड-१९ को सङ्क्रमण देखिएको जनाएको छ। प्रदेश प्रमुखका स्वकीय सचिव चूडामणि कलौनीले प्रदेश प्रमुखको […]

हुम्लामा पहिलो पटक फल्यो बोदीचित्त फल

हुम्ला । हुम्ला पनि बोदीचित्तको बिरुवाबाट फल लागेको छ । यसबाट हुम्लाको जैविक विविधतामा थप आयाम थपिने भएको छ । यसले स्थानीय अर्थतन्त्रमा नौलो आयाम ल्याउन सक्ने देखिएको छ । चार वर्षअघि काठमाडौंमा मास्टर्सको डिग्री अध्ययनको क्रममा यो बिरुवाको बारेमा जानकारी पाएकोले आफ्ना बुवा काठमाडौं भेट गर्न जाँदा प्रशंगबश बोदीचित्त बिरुवाको बारेम कुरा उठेको बेला […]

देशभर थपिएका मध्ये दैनिक आधा बढीका दरले उपत्यकामा कोरोनाका संक्रमित थपिँदै

काठमाडौं, १० असोज । नेपालमा प्रत्येक दैनिक थपिने काेराेना भाइरसका संक्रमित मध्ये आधाभन्दा बढी आधा काठमाडाै उपत्यकाका हुने गरेका छन् । कूल संख्याका करिव आधा संख्या त काठमाडाै जिल्लामा नै हुने गरेका छन् । राजधानी उपत्यका खासगरी काठमाडाै जिल्ला काेराेना भाइरसका संक्रमितले लगातार भरिरहँदा मानिसहरु भने दैनिक कामकार्यमा निस्कन छाडेका छैनन् । यसैक्रममा शनिवार पनि […]

जग्गा मुद्दामा साछी बसेको भन्दै एक दम्पतिमाथि सांघातिक आक्रमण, श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते

रौतहट, १० असोज । रौतहटमा जग्गा विवादको मुद्दामा साछी बसेको भन्दै एक महिलाको हत्या गरिएको छ । साथै आक्रमणमा परी मृतक महिलाका श्रीमान गम्भीर घाइते भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको हो । देवाही गोनाही नगरपालिका वार्ड नं. ५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि एक समूहले आक्रमण […]

देशभरिका धार्मिक स्थलहरु खुला नगरे कडा आन्दोलन गर्ने चेतावनी, सरकारलाई अल्टिमेटम

काठमाडौं, ९ असोज । संयुक्त धार्मिक संगठन संघर्ष समितिले एक हप्ताभित्र देशभरिका धार्मिक स्थानहरुमा गरेको निषेधाज्ञा हटाउन अल्टिमेटम दिएको छ । सरकारले धार्मिक स्थानहरुमा लगाएको निषेधाज्ञा नहटाए कडा कदम चाल्न बाध्य हुने संघर्ष समितिको चेतावनी छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले जनताले धर्म, संस्कृति, सभ्यता, पूजा, अर्चना, न्यास र ध्यान […]

पाल्पा पहिरोमा परेका सबैको शव फेला

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका सबैको शव फेला परेको छ। पहिरोमा परी ५ जनाको मृत्यु भएको हो। पहिरोमा बेपत्ता भएका ६० वर्षीया हुमबहादुर गाहा र ५० वर्षीया धनिसरा गाहाको पनि शव फेला परेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले बताए। यसअघि १६ वर्षीया कृष्णमाया गाहा, ८ […]

हुम्लामा पहिलो पटक माटो परिक्षण भएपछि किसानहरू उत्सुक

हुम्ला । संघीयता आएसँगै धेरै अधिकारहरू गाउँ पुगेपछि अत्यावश्यक कामहरू गर्न सहज भएको नमूना हो–अदानचुली गापाले शुरू गरेको माटो परिक्षण अभियान । यो अभियानले आफ्नो गापाभित्रका विभिन्न स्थानहरूमा भएका विभिन्न प्रकारका खेती योग्य खेत, गह्रा, पाखो, लेख र अन्य स्थानहरूको माटो संकलन गरि ९० वटा नमुना परिक्षणाका लागि एकीकृत कृषि प्रयोगशाला कर्नाली प्रदेश, सुर्खेत पु-याइएको […]

पहिरोमा परी मृत्यु भएका एकैघरका ९ जनाको गरियो सामूहिक अन्त्येस्टी

स्याङ्जा, ९ असोज । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाको बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको […]

बिहीबार १४९७ जना कोरोना संक्रमित थपिए, आधा बढी उपत्यकामै भेटिए

काठमाडौं, ८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये सबैभन्दा बढी काेराेना संक्रमित उपत्यकामा नै देखा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा बिहीबार अनुसार ७५५ जना संक्रमित फेला परेकाे जनाएकाे छ । त्यसमध्ये पनि सबैभन्दा बढी संक्रमित काठमाडाै जिल्लामा छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं […]