स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महत्त्वपूर्ण महाशाखा र अस्पतालका निर्देशकको सरुवा गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा अनुप बास्तालेलालाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ । यस्तै टेकु अस्पतालको निर्देशकमा डा मनीषा रावललाई ल्याइएको छ । नीति योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी क्षयरोग केन्द्रका प्रमुख डा तारा […]

न्यूरोसर्जन डा. सुवास लोहनीको निधन

काठमाडौँ । न्यूरोसर्जन डा. सुवास लोहनीको निधन भएको छ। ३८ वर्षका डा. लोहनी काठमाडौँको टोखास्थित ग्राण्डी टावरमा रहेको आफ्नै निवासमा मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका थिए। उनलाई अस्पताल लगिए पनि ग्राण्डी अस्पतालले मृत घोषित गरेको हो। उनी नेशनल न्यूरो सेन्टरमा कार्यरत थिए। डा. लोहनीको मृत्युको कारण खुल्न सकेको छैन।

वीर अस्पतालले घरबाटै टिकट लिने डिजिटल सेवाको गर्यो सुरुवात

मङ्सिर ४,काठमाडौँ । देशकै जेठो वीर अस्पतालले बिरामी जचाउन लिनुपर्ने टिकट वितरणलाइ डिजिटल बनाएर सरल सेवाको सुरुवात गरेको छ । अस्पतालले शुक्रबार बात मोबाइल एप्लिकेसन प्रयोग गरि अनलाइन टिकट लिन सक्ने गरी सरल र आधुनिक सेवाविस्तार गरेको हो । यो सेवा विस्तारले बिरामीलाई लामो लाइनमा समय खर्चिने झन्झटबाट मुक्त हुने बिर अस्पताल प्रशासनले बिस्वास लिएको […]

निःशुल्क मधुमेह परीक्षण, रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरको सहयोग

मंसिर २,काठमाडौं । मधुमेह पहिचान, रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले नेपाल मधुमेही समाजलाई १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । विश्व मधुमेह दिवस २०२१ को सन्दर्भ पारेर आज महानगरको स्वास्थ्य विभाग र मधुमेही समाजविच सम्झौता भएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट विभागका […]

विश्वको उच्च स्थानमा सामुहिक रक्तदानको कीर्तिमान

काठमाडौं, ३० कार्तिक । लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले साेलुखुम्बुकाे सल्लेरीस्थित याेङ स्टार क्लबसँगकाे सहकार्यमा दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएकाे छ । सल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाकाे अाधार शिबिर जाने मुख्य नाका तथा जिल्लाकाे सदरमुकाम हाे । अायाेजक टिमका अनिल तुलाधरले साेही […]

कोरोनाविरुद्धको फाइजर खोप कात्तिक २८ देखि लगाइँदै

काठमाडौँ । कोरोनाविरुद्धको फाइजर खोप यही कात्तिक २८ देखि मंसिर ४ गतेसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन लागेको जानकारी दिए। नेपाललाई अमेरिकाले एक लाख ६२० डोज फाइजर खोप उपलब्ध गराएको थियो। मन्त्रालयले दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि […]

लिम्चुङबुङका ४१ महिलामा पाठेघरको समस्या

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा तेश्रो लिङ्गीसहित ४१ जना महिलाको पाठेघरमा समस्या पाइएको छ । लिम्चुङबुङ गाउँपालिका महिला शाखाको आयोजना र ओरेक नेपालको सहकार्यमा सञ्चालित महिलाको पाठेघर खस्ने समस्या, यौनजन्य रोग तथा पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा यस्तो समस्या भेटिएको हो । महिलाको पाठेघरमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले अयाोजित शिविरमा गाउँपालिकाका पाँच वटै वडामा […]

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं । दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज भएका छन्। स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनलाई आइतबार अपरान्ह डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। दमको समस्या बढेपछि उनलाई गत आइतबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो। सो क्रममा उनको […]

काठमाडौँ महानगरपालि स्थानीय तहमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सुरु

कार्तिक ७ ,काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले वडा २१ यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा भवन निर्माण सम्पन्न नहुञ्जेलसम्मका लागि यंगाल क्लवको भवनमा क्लिनिक सञ्चालनमा ल्याइएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले क्लिनिकको शुभारम्भ गर्नुभएको हो । क्लिनिक शुभारम्भ गर्दै प्रमुख शाक्यले, स्वास्थ्य र शिक्षामा महानगरले लगानी बढाएको […]

मुसा हटाउने प्रभावकारी घरेलु उपाय यस्ता छन्

काठमाडौं । शरीरका बिभिन्न अगंमा आउने मुसाका कारण मानिस आजित हुन्छन् । कतिले त यो समस्याबाट छुटकारा पाउन बजारमा पाइने बिभिन्न मल्हम लगाउँछन् । शरीरमा मुसा भएका कारण कतिपयको दैनिक जीवनमा विभिन्न समस्या पनि आउने गर्दछ । मुसाका कारण सुन्दरतमा कमी आउने भएकाले मानिस बजारबाट विभिन्न मल्हमहरु किनेर लगाउँछन् । तर बजारमा पाइने सबै मल्हमले […]