उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको हो । आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने […]

देशमा चरम संकट आएपछि श्रीलंकाका सबै मन्त्रीले दिए एकसाथ राजीनामा

काठमाडौँ । श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए। तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन्। श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले […]

पशुपति धर्मशाला खाली गर्न बतासका नाममा सार्वजनिक सूचना जारी

चैत २१ , काठमाडौँ । तिलगंगास्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन आग्रह गर्दै पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र लिन बतास समूहले इन्कार गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पठाएको पत्र बुझ्न अस्वीकार गरेको हो। अहिलेसम्म पत्र लिन नमानेपछि कोषको सञ्चालक परिषद्ले […]

नगरकोट दोहोरी साँझले जित्यो २ लाख ५० हजार

काठमाडौँ । विभिन्न ६० वटा लोक दोहोरी टोलीलाई उछिन्दै काठमाडौंको ठमेल स्थित नगरकोट दोहोरी साँझ दोहोरी गायन प्रतियोगितामा उत्कृष्ट भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको हो । प्रतियोगितामा मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा […]

महिलालाई ५१ प्रतिशत अधिकार दिनुपर्छ : माओवादी समाजवादी

चैत २० , काठमाडौं । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ले आफ्नो पार्टीले स्थानिय निकायमा समान कार्यकारी भूमिकासहित (महिला र पुरुष) दुई अध्यक्षिय कार्यसमिति हुनुपर्ने जिकिर गरेका छन् । शनिबार संवाद डबलिमा सो पार्टी निकट अखिल नेपाल महिलासंघ (क्रान्तिकारी) बागमती प्रदेशको भेलामा बुढाथोकीले सो व्यवस्थाले स्थानिय तह मजबुत र सन्तुलित हुने धारणा राखेका हुन् […]

राष्ट्रपति भण्डारी बात भोलि काष्ठमण्डपको लोकार्पण हुने

चैत २०,काठमाडौँ /   राष्ट्रपति विद्यादेवी भण्डारी बात भोलि सोमबार पुनः निर्माण भएको काष्ठमंड़प लोकार्पण हुने भएको छ । बागमती प्रदेशको सांसद तथा   काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले आज पत्रकार सम्मलेन गरि भोलि दिनको १ बजे राष्ठपति भण्डारीबात काष्ठमण्डप लोकार्पण हुने जानकारी दिनु भयो  ।  २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप काठमाडौं महानगरपालिकाको […]

आजदेखि यात्रुसहित रेल सञ्चालन

चैत २०, काठमाण्डौ – जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले हिजो संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गर्नुभएको हो । आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक […]

आजदेखि रमजान सुरु

काठमाडौं /  इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि शुरु भएको छ। यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन्। उर्दू क्यालेण्डर अनुसार बिहान सवा ४ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन हुने गर्छ। रमजान […]

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज स्वदेश फर्किंदै

चैत २०, काठमाण्डौ –भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै हुनुहुन्छ । काठमाण्डौ फर्किनुअघि उहाँ आज उत्तर प्रदेशको बनारस जाने तालिका छ । त्यहाँ उहाँलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नु हुनेछ । प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाण्डौ आउने तालिका छ । तीन दिने औपचारिक […]

नेवा: समुदायमा मानाइने ‘ पाहाँ चर्‍हे ’ पर्व, तीन अष्टमात्रिका दिदीबहिनी जमघट ,फोटोमा

चैत्र १९.काठमाडौँ / नेवा : समुदायमा मनाइने प्रमुख चाड मध्य ‘ पाहाँ चर्‍हे ’ पर्व  आज तिन अष्टमात्रिका वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी गरि तीन देवीको खतलाइ असन स्थित भेला गरेर सम्पन्न भएको छ । तीन देवीका खत बेकेकाहरु निलो , पहेको र रातो रंगका टोपीमा सजिएका थिए ।  विशेषतः आज पाहाँचर्‍हेको दिन वचुँ […]